बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रचण्डको टिप्पणी: ‘ओली इतिहासकै तानासाह र कम्युनिस्ट विरोधी’

प्रचण्डको टिप्पणी: ‘ओली इतिहासकै तानासाह र कम्युनिस्ट विरोधी’


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०७९, शनिबार

नवलपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताएका छन् ।

महानगर र उपमहानगरपालिकामा माओवादीलाई धेरै फाइदा हुने गरी आइतबार गठबन्धनले निर्णय गर्ने उनले सुनाए । ‘हामीले निर्णय गर्छौं ढुक्क हुनुस् हामीलाई फाइदा हुने गरी भोलि नै (आइतबार) केन्द्रमा गठबन्धनको निर्णय आउँछ,’ प्रचण्डले भने ‘अरु तल तलका पालिकामा सबैलाई फाइदा हुन्छ । त्यसमा तपाइँहरु ढुक्क हुनुहोस् । गठबन्धन राष्ट्रिय आवश्यकता हो । महानगर र उपमहानगरमा हामीले धेरै लिने गरी गठबन्धनको निर्णय आउँछ,’ उनले भनेका छन् ।

माओवादी केन्द्र नवलपुरद्वारा दल्दलेमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले आगामी तीन वटै निर्वाचनमा सरकारमा रहेका गठबन्धन दलहरुबीच चुनाबको तालमेल हुने पनि दाबी गरेका थिए ।

यो निर्वाचन माओवादीका लागि ठूलो लडाइँ भएको भन्दै प्रचण्डले यो निर्वाचनमा माओवादीले जिते संविधान र गणतन्त्र जोगिने नत्र धरापमा पर्ने बताएका थिए । यसका लागि सबै चनाखो भएर जिताउन लाग्नुपर्ने भन्दै उनले कार्यकर्तालाई आग्रह गरेका थिए ।

‘एमाले अध्यक्ष केपी ओलीको असली रुप देखिहाल्नु भयो राजावादीसँग मिलिसके । ओली विक्षिप्त झैं भएका छन् र इतिहासमै मिल्नै नहुने शक्तिसँग गठबन्धन गर्दै हिँडेका छन् । ओलीको हालत खराब हुनेवाला छ,’प्रचण्डले भने । यस्तै ओली इतिहासकै तानासाह र कम्युनिस्ट विरोधी भएको पनि उनको आरोप थियो ।

अर्को एक प्रसंगमा प्रचण्डले नेपाली कांग्रेस र एमाले मिलेर एमसीसी पास गर्न सभामुख फाल्ने, ७ वटै प्रदेशमा माओवादीको सरकार ढाल्ने सहमति भएको थाहा पाउना साथ रातारात आफूले कांग्रेससँग मिलेर एमसीसी पास गरेर चलाखीपूर्ण काम गरेको बताए ।

सर्प पनि मर्ने लौरो पनि नभाच्चिने गरि व्याख्यात्क टिप्पणीसहित एमसीसी पास गर्नाले सरकार बाँचेको र हाल गठबन्धन भएको प्रचण्डले बताए । यसवाहेक विप्लव र बाबुराम भट्टराई पनि सबै जसो केन्द्रीय तहका नेताहरु आफ्नो पार्टीमा आइसकेको उनले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->