आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नवौं राष्ट्रिय खेलकुद आयोजनाबारे सुझाव संकलन

नवौं राष्ट्रिय खेलकुद आयोजनाबारे सुझाव संकलन


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०७९, शनिबार

पोखरा – आगामी जेठ २२ देखि २८ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा संगै प्रदेश खेलकुद परिषदले तयारी स्वरुप सुझाव संकलन गर्न सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुदको तयारीका लागि भोली (आइतबार) राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा सातै प्रदेशका सदस्य सचिव सम्मिलित बैठकको आह्वान गरेपछि गण्डकी प्रदेश खेलकुदले सुझाव संकलन गरेको हो ।

पोखरा रंगशालामा आयोजित एक कार्यक्रममा प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप राखेपमा हुने बैठकमा आयोजक प्रदेशको रुपमा उठाउनु पर्ने विषयमा सुझाव संकलन गरिएको बताए ।

उनले भने,“यो हाम्रो सानो र छरितो कार्यक्रम थियो, हामी आयोजक प्रदेशको नाताले के कस्ता विषय बैठकमा प्रस्तुत गर्ने भन्ने विषयमा विशेष ध्यान केन्द्रित गरेका छौं ।”

गण्डकी प्रदेशको राजधानी पोखरामा ३९ वर्ष पछि राष्ट्रिय खेलकुद हुदैँछ । क्षेत्रीय खेलकुद विकास समिति मार्फत प्रदेशका ११ वटै जिल्लामा कम्तिमा एक खेलको प्रस्तावना सहित अघि बढेको राखेपका सदस्य राजेश कुमार गुरुङले बताए ।

राखेपका पूर्व सदस्य एवम अग्रज खेलाडी खड्ग बहादुर रानाभाटले यो अवसरलाई चुनौतीका रुपमा ग्रहण गर्दै ३९ वर्ष पछिको इतिहास दोहो¥याउने जिम्मा पोखरेलीहरुको काँधमा आएको बताए ।

त्यस्तै नेपाल भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले राष्ट्रिय खेलकुद आयोजनाको हिसावमा छोटो समय भए पनि यसलाई सफल बनाउन प्रदेशवासीहरु एकजुट हुनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा भनाई राख्दै प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङले सरकारले गरेको निर्णय स्वागत योग्य रहेको बताउँदै प्रदेश खेलकुद र राष्ट्रिय खेलकुद परिषद विच रहेका विभिन्न प्रशासनिक झञ्झटहरुबाट मुक्त हुनुपर्ने उल्लेख गरे ।

क्षेत्रीय खेलकुदले नवौं राष्ट्रिय खेलकुदका लागि खेलकुद पूर्वाधार स्तरोन्नतीका लागि करिव १७ करोड प्रस्ताव गरेको छ । त्यससंगै राष्ट्रिय खेलकुद आयोजना हुनुपूर्व ७७ जिल्ला र सातै प्रदेशमा खेलाडी छनौटका प्रतियोगिता, बन्द प्रशिक्षण लगायतका कार्यक्रमहरु समेतलाई अघि बढाउनुपर्ने वाध्यता समेत रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->