मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पल शाह प्रकरणः पीडित नाबालिग ‘होस्टाइल’ !

पल शाह प्रकरणः पीडित नाबालिग ‘होस्टाइल’ !


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०७९, सोमबार

पोखरा/ बलात्कार अभियोगमा थुनामा रहेका पल शाह (पूर्ण विक्रम शाह)ले बलात्कार नगरेको पीडित नाबालिगले बताएकी छिन् । जिल्ला अदालत तनहुँले लिएको आइतबार लिएको बकपत्रमा नाबालिग गायिकाले बलात्कार अस्वीकार गर्दै ‘होस्टाइल’ भएकी हुन् ।

‘हामीसँग जाँदा बलात्कार हो भनेकी थिइन्, अदालतले बकपत्र गर्दा होइन मात्र भनिन्,’ जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले भने, ‘हामीले पेश गरेको मिसिलमा सबै प्रमाण छन् ।’
बकपत्रमा बयान फेरिए पनि पुष्टी हुन भने गाह्रो हुने न्यायाधिवक्ता शर्माले बताए । ‘पीडितले करणी नै नभएको भनेकी छिन्, बयान फेरिँदैमा पुष्टी कहाँ हुन्छ र ?’ उनले भने ।

अभिनेता पलले पोखरा, तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै १७ वर्षीय नाबालिगका परिवारले प्रहरीमा जाहेरी दिएको थियो । तनहुँ प्रहरीमा फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते पीडित परिवारले जाहेरी दिएका थिए ।
उक्त जाहेरीको थुनछेक बहसपछि दुबै जिल्ला अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

थुनछेक बहसमा अभियुक्त पलले नाबालिगलाई बलात्कार अस्वीकार गरे पनि मध्यरातमा मदिरा पिएर नाबालिगको कोठामा पुगेको स्वीकारेका थिए । पलको सोही स्विकारोक्तिका आधारमा तनहुँ अदालतले मध्यरातमा नाबालिगको कोठामा जानुको औचित्य पुष्टी नभएको भन्दै थुनामा पठाउने थुनछेक आदेश दिएको थियो ।

पीडित नाबालिगले बयान फेरेसँगै बाह्य दबाबमा होस्टाइल भएको हुन सक्ने आशंका जन्मिएको छ । पीडितका विरुद्ध पटकपटक अभिव्यक्ति दिनेहरुलाई कारबाही हुन नसक्नु र मुद्दा प्रभावित हुने गरी भइरहेका गतिविधि रोक्न नसक्दा होस्टाइल भएको हुन सक्ने पीडित पक्षका एक कानुन व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->