आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

व्युटिपार्लर एसोसिएसन गण्डकीको अध्यक्षमा रुपकला

व्युटिपार्लर एसोसिएसन गण्डकीको अध्यक्षमा रुपकला


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०७९, सोमबार

पोखरा ÷ व्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा रुपकला श्रेष्ठ निर्वाचित भएकी छन् ।

हालै सम्पन्न एशोसियसनको दोश्रो साधारणसभा तथा प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा थापा अर्याल, उपाध्यक्षमा सोमना श्रेष्ठ, महासचिवमा बबिता केसी कार्की, उपमहासचिवमा माया विश्वकर्मा, कोषाध्यक्षमा सावित्री श्रेष्ठ निर्वाचित भएकी हुन् ।

सदस्यमा पुष्पा पौडेल, निशु अधिकारी, सपना श्रेष्ठ, नेहा घताने, मञ्जु अधिकारी, शिला कार्की, भीमा गुरुङ, कामना गुरुङ, रिता कार्की चयन भएका छन ।

सोही अधिवेशनबाट व्युटीपार्लर एसोसियसन कास्कीको पनि नयाँ कार्यसमिति चयन गरिएको छ । व्युटीपार्लर एसोसिएसन कास्कीको अध्यक्षमा सुस्मा गुरुङ, उपाध्यक्षमा टेकमाया गुरुङ, सचिवमा छायाँ ढकाल, कोषाध्यक्ष सुनिता गुरुङ, सहसचिव शिशीर गोदार रहेका छन् ।

सदस्यमा हिमानी गुरुङ, शान्ता लामिछाने, प्रभा वैद्य, बुद्ध गुरुङ, पूर्ण कला गुरुङ, सुशीला केसी चयन भए । अधिवेशन पूर्व कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतीले सौन्दर्य व्यवसायीलाई पोखरा उद्योग वाणिज्य संघले अन्य बस्तुगत संघसंस्थालाई जस्तै प्राथमिकतामा राख्ने बताए ।

विशेष अतिथि घरेलु तथा साना उद्योग महासंघ महिला समिति गण्डकीका अध्यक्ष एवं व्युटीपार्लर एसोसिएसनका वरिष्ठ सल्लाहकार चिनु गुरुङले पोखरामा ३ दशकसम्ममा आफूले उत्पादन गरेका सौन्दर्य व्यवसायीहरुलाई पेशागत हकहित, अधिकारसम्पन्न बनाउँदै एउटै छातामुनी राख्न सफल हुँदा खुसी लागेको बताइन् ।

व्यवसायलाई आधुनिक र व्यावसायिक बनाउँदै अगाडि बढ्न आवश्यक रहेको उनको धारणा रहेको थियो । नवनिर्वाचित प्रदेश र जिल्ला कार्यसमितिले आगामी दिनमा व्यावसायिक हकहितका क्षेत्रमा काम गर्नुपर्नेमा उनले जोड दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->