आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

माओवादीबाट पोखराको मेयर र उपमेयरमा ३/३ जना आकांक्षी

माओवादीबाट पोखराको मेयर र उपमेयरमा ३/३ जना आकांक्षी


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०७९, सोमबार

पोखरा- पोखरा महानगरपालिकाको लागि गठबन्धनभित्र मेयर र उपमेयरमा घम्साघम्सी चलिरहँदा मौन देखिएको माओवादी कास्कीले पोखराको लागि मेयर र उपमेयरका ३/३ जना उम्मेदवार चयन गरेको छ ।

ती नामहरु अब प्रदेश कमिटीमा पठाइने माओवादीले जनाएको छ । पोखरा महानगरको सोमबार बसेको बैठकले मेयरको लागि माओवादी कास्की संयोजक बखानसिंह गुरुङ,प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम प्रस्ताव गरेको हो ।

उपमेयरमा गोमा ढकाल, सिर्जना त्रिपाठी र सूर्यप्रकाश त्रिपाठीलाई सिफारिस गरिएको माओवादी पोखरा नगर कमिटीका उपाध्यक्ष भानु अधिकारीले जानकारी दिए ।

माओवादीले प्रस्ताव गरेकामध्ये विश्वप्रकाश यसअघि २०७४ सालको चुनावमा मेयरको प्रत्यासी थिए । कांग्रेससँग चुनावी तालमेल भएपछि उनले मेयर छाडेका थिए । उपमेयरमा प्रस्तावित गोमा ढकाल भने निर्वाचनमा होमिएकी थिइन् । उनले गएको चुनावमा ८ हजार ७९६ मत ल्याएकी थिइन् । सिर्जना त्रिपाठी प्रचण्डकी बुहारी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->