सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

नेपाल वितरक महासंघको अध्यक्षमा हरिराज पन्त

नेपाल वितरक महासंघको अध्यक्षमा हरिराज पन्त


  • ढोरपाटन संबाददाता
  • बैशाख ६ २०७९, मंगलबार

पोखरा/ नेपाल वितरक महासंघको अध्यक्षमा हरिराज पन्त निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न १०औं साधारणसभा एवं पाँचौं अधिवेशनले पन्तको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

महासंघको उपाध्यक्षमा टंकप्रसाद खनाल, दुर्गाप्रसाद गौतम, विजयकुमार श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा राजकुमार श्रेष्ठ, सचिवमा कृष्णराज श्रेष्ठ, कोषाध्यक्षमा तेजेन्द्र पौडेल निर्वाचित भए ।

सदस्यमा अच्युत ढकाल, कुलानन्द पोखरेल, शिव खनाल, मदनराज न्यौपाने, कृष्णप्रसाद शर्मा, सुजन कुमार श्रेष्ठ, राजकुमार गिरी, दामोदर पाठक, दिलीपकुमार श्रेष्ठ, रविकुमार सापकोटा, इश्वरप्रसाद दुवेदी, कृष्णप्रसाद अर्याल र राजेश खनाल छ । निवर्तमान अध्यक्ष सुरेश अधिकारी पदेन सदस्य रहनेछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->