पोखरा/ युनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । क्लबको १२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सताव्यापी कार्यक्रम अन्तर्गत आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी वडा नम्बर १० का सभापति सम्मर बहादुर श्रेष्ठले पहिलो रक्तदाता गणेश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम सुरु गरेका हुन् । सो अवसरमा सभापति श्रेष्ठले युनाइटेड क्लबले सामाजिक काममा आफूलाई अब्बल दर्जामा राखेको बताए । रक्तसञ्चार केन्द्रका प्राविधिक महेन्द्र केसीले रगत आवश्यक परेका बिरामीलाई निशुल्क रगत दिइने भएकाले खेर जाने रगतलाई हरेक ३ महिनामा रक्तदानमा सहभागी हुन आग्रह गरे ।
क्लबले १२ औं वार्षिकोत्सवको अवसर पारी साताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन वैशाख १ गते पोखरा १८ मा रहेको बाल सुधार गृहमा खाद्यान्न वितरण, दोस्रो दिन बैशाख २ गते रामेश्वरी माविमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड वितरण, वैशाख ३ गते तेस्रो दिन सेती खोंच एक पर्यटकीय गन्तव्य विषयक बृहत अन्तरक्रिया, चौथो दिन सिद्ध माविमा अध्ययनरत विद्यार्थीहरुलाई साइबर अपराधसम्बन्धी सचेतना र पाचौं दिन मौला इस्लामिक मदरसा आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको थियो । क्लवले बैशाख ७ गते १२ औ वार्षिकोत्सव मनाउँदै छ ।





