आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

यस्तो छ एमाले गण्डकीको प्रचार नीति

यस्तो छ एमाले गण्डकीको प्रचार नीति


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०७९, बिहिबार

पोखरा – स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले गण्डकीले आफ्नो पार्टीको प्रचार नीति सार्वजानिक गरेको छ । हरेक जिल्लामा प्रचार डेस्क स्थापना गरी सम्पादकीय, ब्यवस्थापकीय र एक्सन टीम मार्फत पार्टीको प्रचारको कामलाई ब्यवस्थित गरिने प्रदेश प्रचार विभाग प्रमुख रश्मी आचार्यले वताए ।

पार्टीले ‘नेकपा एमालेको अर्जुनदृष्टि–हरेक पालिकाको समृद्धि’ नारा तय गरेको छ । पालिकाभित्रका पार्टी गतिविधिका लागि प्रत्येक पालिकामा ३ जना पत्रकार खटाईने आचार्यले वताए ।

हरेक पालिकाको स्वेतपत्र सार्वजानिक गर्ने र पार्टीको प्रतिवद्धता पत्रलाई सञ्चार सामाग्रीको रुपमा तयार गरी प्रचार गर्ने एमालेको प्रचार नीति छ । जनप्रतिनिधीले गरेका राम्रा काम र सफलताका कथालाई प्रचार सामाग्रीमा समावेश गरिने छ ।

बुधवार पोखरामा भएको प्रदेश प्रचार भेलामा विभाग प्रमुख आचार्यले पार्टीको जिल्ला प्रचार विभाग र प्रेस चौतारीसंग समन्वय गरेर प्रचार नीति कार्यान्वयन गर्न पार्टीका प्रचारमा सहभागी कार्यकर्तालाई निर्देशन दिए ।

भेलामा गण्डकी प्रदेशका जिल्ला प्रचार बिभाग प्रमुखहरु, जन संगठनका अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको पार्टीको प्रदेश प्रचार तथा प्रकाशन बिभागका सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->