मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पोखरामा व्यवस्थित पुस्ताकालयको खाँचो

पोखरामा व्यवस्थित पुस्ताकालयको खाँचो


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०७९, बिहिबार

पोखरा/ पोखरामा व्यवस्थित पुस्तकालय हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
रेडियो अन्नपूर्णले बुधबार आयोजना गरेको स्मार्ट सिटीको अपरिहार्य आवश्यकता पुस्तकालय शीर्षकअन्तर्गत साप्ताहिक कार्यक्रम ‘द राउण्ड टेबलका’ सहभागीहरुले व्यवस्थित पुस्तकालयको खाँचो औंल्याएका हुन् ।प्राध्यापक डा.विश्व श्रेष्ठले पोखरामा बृहत पुस्तकालय खोल्नुपर्नेमा जोड दिए । उनले सार्वजनिक पुस्तकालय भएमात्र सबैले लाभ पाउने बताए । स्मार्ट सिटी बनाउने हो भने राजनीतिक नेताहरुले घोषणापत्रमा नै पुस्ताकालय बनाउने प्रतिबद्धता समावेश हुनुुपर्ने तर्क गरे । महनगरका प्रत्येक टोल टोलमा पुस्तकालय हुनुपर्नेमा उनको जोड थियो ।

पत्रकार तथा साहित्यकार सुरेश रानाभाटले सत्तामा पुगेपछि शासकहरुले स्मार्ट सिटीको नारा नै बिर्सेको आरोप लगाए । पोखरा महानगरपालिकामा एउटा विशाल पुस्तकालय बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।युवा लेखक त्रिवेणीले जीवनको उद्देश्य भनेको प्रकृतिलाई बुझनु भएको बताउँदै पुस्तक पढेपछि त्यो पा्रप्त हुने बताए । उनले ग्याजेटमा पढ्न गाह्रो हुने हँुदा पुस्तक नै ज्ञानको स्रोत भएको तर्क पनि गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->