बागलुङ/शुक्रवारदेखि शुरु हुने एसइइ परीक्षाको अन्तिम तयारी भएको छ । अघिल्ला दुइ बर्ष कोरोना संक्रमणका कारण एसइइलाई बिद्यालयले आन्तरिक मूल्यांकनको आधारमा नम्बर दिएर पठाएका थिए । चालु बर्ष भने पुरानै मोडलमा एसइइ हुन लागेको हो ।
बागलुङका ३१ वटा परीक्षा केन्द्रबाट १ सय ८ वटा सामुदायिक माध्यामिक बिद्यालय, ३२ वटा संस्थागत बिद्यालय र १ वटा खुला बिद्यालय तथा ग्रेडवृद्धिका परिक्षार्थी समेत गरी ४ हजार ८ सय ९६ जनाले परीक्षा दिने भएका छन् । शिक्षा बिकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायले बिहिवार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएका हुन् ।
चालु बर्ष जनताधन माबि नारायणस्थानका २ जना दृष्टी बिहिन, मुक्तीनाथ बेद विद्याश्रम माबि कुँडुलेका ५ जना बिद्यार्थीले गुरुकुल पद्दतीमा परीक्षा संचालन हुनेछ । २ सय ५५ जना प्राविधिक धारका बिद्यार्थीले सदरमुकामको रुद्रे पिपल माबिमा परीक्षा दिने व्यवस्था मिलाइएको उपाध्यायले जानकारी दिए । बागलुङका १० वटा बिद्यालयमा प्राविधिक धार अन्र्तगत कृषि, भेटेनरी, सिभिल इन्जिनियरिङ, कम्प्युटर लगायतको बिषय पढाइ हुन्छ ।
परीक्षालाई म¥र्यादित बनाउन ३१ परीक्षा केन्द्राध्यक्ष, ३७ जना सहायक केन्द्राध्यक्ष, २ सय ४५ निरीषक र ४९ जना परीक्षा सहायक तथा ९८ जना सहयोगी रहने व्यवस्था मिलाइएको छ । परीषाकालागि ४ सय ६५ जना सुरक्षाकर्मी खटिनेछन् । इकाइले केन्द्राध्यक्षलाइ एक दिने अभिमूखिकरण कार्यक्रम समेत गरेर आफ्नो क्षेत्रमा पठाइसकेको छ । बिहिवार सम्म सबै केन्द्रमा परीक्षाकोलागि चाहिने सबै सामाग्री र उत्तर पुस्तिका समेत पुगेको उपाध्यायले जानकारी दिए ।
यो बर्ष सबैभन्दा धेरै प्रभा माबि बोहोरागाउँ परीक्षाकेन्द्रबाट २ सय ७५ बिद्यार्थी र सबैभन्दा कम फ्युचर ब्राइटर बोडिङ बागलुङबाट ६३ जना मात्रै बिद्यार्थीले परीक्षा दिने भएका छन् । इकाइले परीक्षा सफल पार्न राज्यका बिभिन्न निकाय देखि सुरक्षाकर्मी, अभिभावक, नागरिक समाज र संचारकर्मीलाईपनि सहयोगको आग्रह गरेको छ ।
संघियता कार्यान्वयनपछि कक्षा १२ को परीक्षा अन्तिम हुने भन्ने उल्लेख छ । तरपनि एसइयलाई महत्वपूर्ण तहको रुपमा राखेर परीक्षा दिन लगाइएको हो । कक्षा ८ पास गरेका बिद्यार्थीले कक्षा १२ सम्म पुग्दा बार्षिक परीक्षामा सहभागि नभएमा लामो समय परीक्षाको अनुभव नहुने भएकोले एसइइलाईपनि निरन्तरता दिइएको उपाध्यायले जानकारी दिए । बरु प्राविधिक धारका बिद्यार्थीलाई सदरमुकाममा ल्याउँदा समस्या भएकोले आगामी बर्षदेखि ग्रामीण क्षेत्रमै बसेर परीक्षा दिने व्यवस्थाकालाग पहल गरिने पनि बताए ।
केही बर्ष अघि सम्म परीक्षा केन्द्र तोक्ने र केन्द्राध्यक्ष नियुक्तीमा बिबाद आउने गरेको थियो । अहिले भने बिद्यालयहरु फेरेर केन्द्र तोकिने, जुन केन्द्र तोकिन्छ, त्यही बिद्यालयको प्रअलाई केन्द्राध्यक्ष तोक्ने नीति लिएपछि भने बिबाद साम्य भएको शाखा अधिकृत बिदुर शर्माले जानकारी दिए । पछिल्लो समय परीक्षाहरु म¥र्यादित समेत बन्न थालेको उनले बताए । पत्रकार सम्मेलन समन्वय इकाइ प्रमुख कुश्मराज उपाध्यायको अध्यक्षता र शाखा अधिकृत बिदुर शर्माको संचालनमा सम्पन्न भएको थियो ।





