आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नवौँ राष्ट्रिय खेलकुदमा ३८ खेल हुने

नवौँ राष्ट्रिय खेलकुदमा ३८ खेल हुने

ठेलो र क्यानोइङ प्रदर्सनीको रुपमा रहने ।


  • विजय नेपाली
  • बैशाख १० २०७९, शनिबार

पोखरा/ गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३८ खेल हुने भएको छ । नवौँमा ३८ खेलमध्ये दुई खेललाई भने प्रदर्सनीको रुपमा राखिने भएको छ । गण्डकी प्रदेशको परम्परासंग जोडिएको ठेलो खेल र साहसिक खेलको रुपमा लिइने क्यानोइङलाई भने प्रदर्सनी खेलको रुपमा राखिने भएको छ ।

शुक्रबार बसेको बैठकले शुक्रबार राखेप बोर्ड बैठकको निर्णयअनुसार राष्ट्रिय खेलकुदमा सातै प्रदेश, विभागीय टोलीसँगै गैरनेपाली संघ (एनआरएन) गरी ११ टोलीको सहभागिता रहने छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएपछि युवा तथा खेलकुद मन्त्रालयमा राखेपको बोर्ड बैठक ३ वर्ष पछि बसेको हो । लुम्बिनी प्रदेशमा २०७५÷०७६ मा आठौं राष्ट्रिय खेलकुद आयोजना हुनु अघि राखेपको १ सय ११ औं बैठकयता बैठक बस्न सकेको थिएन ।

नवौं राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, ब्याड्मिन्टन, टेबल टेनिस, टेनिस, हक्की, बक्सिङ, कबड्डी, भारत्तोलन, सुटिङ, जिम्न्यास्टिक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुल कन्ट्याक्ट कराते, आई टि एफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ, रग्बी (सेभेन ए साइड), छेलो (प्रदर्शनी) र क्यानोइङ (प्रदर्शनी) खेलमा प्रतिस्पर्धा हुनेछन् ।

प्रतियोगितामा ६ हजार आठ सय जना खेलाडी, एक हजार जना प्रशिक्षक, पाँच सय जना व्यवस्थापक, एक सय १४ जना संघका प्रतिनिधी र एक हजार जना निर्णायकको भुमिकामा रहने राखेपको अनुमान छ । सरकारले नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म सञ्चालन गर्ने निर्णय यस अघि गरिसकेको थियो । बोर्ड बैठकले प्रतियोगिता सञ्चालनका लागि आवश्यक निर्देशिका समेत पारित गरेको छ । बैठकले संघ संस्थाको निर्देशिका पारित गर्नेदेखि जापानमा भएको ओलम्पिकमा सहभागी हुँदाको खर्च पारित गर्नेसम्मको निर्णय गरेको छ ।

राखेप सदस्य राजेश गुरुङले अब गण्डकी प्रदेश नवौँको तयारीमा लाग्ने बताए । उनले बोर्ड बैठकमा परम्परागत ठेलो खेललाई समेत प्रतियोगिताकै रुपमा राख्ने आवाज उठाएपनि अहिलेलाई भने प्रदर्सनी खेलको रुपमा राख्ने निर्णय भएको जानकारी दिए । उनले गण्डकीको परम्परागत खेलको विकासका लागि समेत लाग्ने बताए । ‘नवौँ गण्डकीमा हुने भयो । अरु कुरा त अब खेलाडीले अहिलेसम्म गरेका प्रशिक्षणकै आधारमा हुने भयो त्यहि हो’ उनले भने ।

खेलकुदलाई चलाएमान बनाउने उदेश्यका साथ नवौँ खेलकुद गर्न लागिएको हो । तर, जेठमा नै तयारी गर्ने भएपछि खेलाडी छनोट र प्रशिक्षणमा भने भद्रगोल देखिएको छ । मार्सलआर्टकी एक खेलाडीले प्रशिक्षणका लागि समय पर्याप्त नभएको बताइन् । उनले नवौं हुने राम्रो कुरा भएपनि जेठमा गर्नु भद्रगोल हुने धारणा राखिन् । ‘अब अहिलेसम्म हुन्छ हुन्न थाहै थिएन् । हामीले राम्रो टे«निङ पनि पाएका छैनौं कसरी खेल्ने ? भदौ तिर भएको भए राम्रो हुने थियो’ उनले भनिन्, ‘एक महिना त शरिरलाई व्यालेन्स गर्न नै लाग्छ । एक महिनाको टे«निङले नतिजा निकाल्न निकै गाह्रो छ ।’

अर्का खेलाडीले पनि १ महिनाको समयले पर्याप्त नहुने बताए । उनले खेलाडीहरु सद्यैं यसरीनै मारमा पर्दै आइरहेको सुनाए । ‘हामीले भनेर केहिपनि हुँदैन् । सरहरुले (नेता) जे गरेपनि हुने रहेछ । छोटो समयमा तयारी कसरी गर्ने ? उनी प्रश्न गर्छन् । हुन्पनि विभागीय खेलाडीले झैँ प्रदेशको नेतृत्व गर्ने खेलाडीले नियमित प्रशिक्षण पाएका हुँदैनन् । उनीहरुले सामान्य प्रशिक्षण गर्ने गरेपनि प्रतियोगिताका लागि त्यो पर्याप्त हुँदैन् । यसले खेलाडी तथा खर्च दुवै उपयोगि भन्दा बढि अनुपयोगि हुने खतरा देखिन्छ । यसो त नवौं खेलकुद भनेको अन्तराष्ट्रिय प्रतियोगिताका लागि खुड्किलो र खेलाडीका लागि सबैभन्दा पहिलो सफलताको गाथा पनि हो । राष्ट्रिय खेलकुदले नै खेलाडीलाई अघि बढाउन मद्दत गर्छ । बैशाख ३० मा स्थानीय तहको निर्वाचन हुनेहुँदा त्यसको प्रत्यक्ष प्रभाव प्रतियोगितामा पर्ने समेत देखिन्छ ।

त्यतिमात्र होइन गण्डकी प्रदेशमा पौडी र सुटिङका लागि पुर्वाधार नै छैनन् । ती खेल यहाँ नहुने सम्भावना समेत देखिएको छ ।

खेलाडीको लागि भन्दापनि कमिटिले काम ग¥यौ भन्ने देखाउन प्रतियोगिता : प्रशिक्षक गोदार

कराते तथा मुआथाईका राष्ट्रिय प्रशिक्षक समेत रहेको दिपक गोदारले नवौं खेलकुद हतारमा गर्न लागेको बताए । उनले राखेप तथा खेलकुद मन्त्रलायले खेलाडीको मर्म र मौसम नै नबुझि प्रतियोगिताको मिति तोक्नु उचित नभएको बताए । उनले प्रतियोगिता खेलाडीको लागि नभई राजनीति नियुक्ति पाएका व्यक्तिले जस लिने कामका लागि मात्र भएको आरोप समेत लगाए । हुनपनि प्रतियोगिताले खेलाडीलाई मात्र होइन खेल प्रशिक्षकले समेत असर गर्छ । एक महिनामा कुनै पनि प्रशिक्षकले खेलाडीलाई पर्याप्त प्रशिक्षण दिन निकै कठिन देखिन्छ । गोदारका अनुसार आठौं राष्ट्रिय खेलकुदमा करातेमा गण्डकी च्याम्पियन भएको बताउँदै अहिलेका लागि खेलाडी नै छैनन् । आठौंमा ४५ जना खेलाडी समावेश भएपनि अहिले १६ जनामात्रै खेलाडी रहेको उनले बताए । ‘८ औं मा ४५ जना खेलाडी थियो । अहिले जम्मा १६ जना मात्रै छ । १ महिनामा हामीले खेलाडी कसरी तयार गर्ने ? राष्ट्रिय प्रतियोगिता प्रतियोगितामात्रै नभई खेलकुद महोत्सव रहेको उनले बताए ।

अन्तराष्ट्रिय खेलमा सहभागिता हुनका लागि यो राष्ट्रिय खेल गरिने भएपनि । हतारमा गर्ने प्रतियोगिताले ठुलो असर पर्ने उनको भनाई रहेको छ । ‘काम देखाउनका लागि प्रतियोगिता गर्न लागेका छन् । प्रतियोगिताका लागि कोहि तयार छैन् । कोरोना पछि सबै खेलको अवस्था त्यस्तै छ’ उनले भने,‘यो सिजन पानी पर्ने सिजन पनि हो । रंगशालामा ५–६ हल भन्दा छैन ठुलो पानी प¥यो भने आउटडोर खेल सबै रद्द गर्नुपर्ने हुन्छ ।’ उनले फागुनमा प्रतियोगिता गर्दा उचित हुने बताए ।

बजेट निरुत्साहित हुने किसिमको आयो : सदस्य सचिव गुरुङ

सामान्यतया अहिलेको अवस्थामा हेर्ने हो भने प्रदेश वा जिल्ला स्तरका प्रतियोगिताका लागि बजेट करोडमा आउने गरेको छ । तर, खेलकुद मन्त्रालयले आयोजना गर्ने नवौं खेलकुदका लागि भने प्रदेशलाई छुट्याएको बजेट ज्यादै न्युन रहेको छ । सात प्रदेशका लागि तयारी स्वरुप जम्मा ५०/५० लाख रुपैयाँ छुटिएको छ । त्यो रकम ज्यादै न्युन रहेको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले बताए । संघ सरकारले छुट्याएको बजेट प्रति गुनासो गर्दै गुरुङले भने,‘ प्रत्येक प्रदेशलाई ५०/५० लाख रुपैयाँ दिने कुराले हामी निकै निरुत्साहित भएका छौं । हामीले सोचेको भन्दा निकै कम बजेट आयो’ उनले भने,‘आर्थिक वर्षको अन्त्यमा भएकाले कुनैपनि प्रदेशले बजेट दिन सक्ने अवस्था देखिदैँन्, यसका लागि संघ सरकारले नै कदम चाल्न जरुरी छ ।’

खेल धेरै बजेट थोरै हुदाँ व्यवस्थापनमा निकै कठिनाइ देखिएको छ । त्यतिमात्र होइन संघले आयोजना गर्ने प्रतियोगितामा गण्डकी प्रदेशलाई समन्वयकारी भुमिका मात्रै दिइएको छ । त्यो सकरात्मक पक्ष भने देखिदैँन । आयोजना हुने प्रदेशलाई सहआयोजकको भुमिकामा राख्न समेत आवस्यक छ । प्रतियोगिता हुनु राम्रो कुरा रहेपनि प्रदेशलाई दिने बजेट न्युन हुदाँ खेलाडी छनोट, प्रशिक्षण र बन्दसत्रमा अन्योलता देखिएको छ । बजेट अभावले आवस्यकता अनुसारको तयारी नहुने हुदाँ खेलाडीको खेल स्तरमा ठुलो प्रभाव समेत पर्नसक्ने खतरा देखिएको छ । सदस्य सचिव गुरुङले खेल सहभागिता अनुसार प्रत्येक प्रदेशलाई ३ देखी ५ करोड रुपैयाँसम्म छुट्याउन आवस्यक रहेको छ । जस्ले गर्दा खेलमा निखारता आउनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->