मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

एकिकृत समाजवादीबाट पोखराको मेयरमा आचार्य

एकिकृत समाजवादीबाट पोखराको मेयरमा आचार्य


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०७९, शनिबार

पोखरा – सत्ता गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा नेता धनराज आचार्यलाई उठाउने निर्णय गरेको छ । पोखरा मेयरका लागि ६ जनाको नाम सिफारिस भएपनि अन्तिममा आचार्यलाई निर्णय भएको एक नेताले जानकारी दिए ।

समाजवादीले सत्तागठबन्धको भागमा परेको पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवार टुंगो लगाएको जनाएको छ । काठमाडौं उपमेयरमा नेता रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको ती नेताले बताए।

यस्तै, ११ उपमहानगरमध्ये समाजवादीले पाएको हेटौंडाको मेयर सहित इटहरी, बुटवल र तुलसीपुरको उपमेयरमा उठ्ने उम्मेदवारको टुंगो लगाए पनि निर्णय सार्वजानिक गरेको छैन् ।

हेटौँडा उपमहानगरपालिकाको मेयरमा मीना लामालाई उम्मेदवार बनाउने निर्णय भएको छ। बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपमेयरमा जोगबहादुर राना, इटहरी उपमहानगरपालिको मेयरमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको ती नेताले बताए।

अरु नगरपालिका र गाउँपालिकामा प्रदेश र जिल्ला कमिटीले निर्णय गरेर सत्ता गठबन्धनबीच तालमेलको टुंगो लगाइने जनाईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->