मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

को हुन् पोखरा महानगरमा एमाले उम्मेदवार दिपक पौडेल ?

को हुन् पोखरा महानगरमा एमाले उम्मेदवार दिपक पौडेल ?


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०७९, शनिबार

पोखरा – नेकपा एमालेले पोखरा महानरपालिकाको प्रमुखमा दिपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले पौडेललाई उम्मेदवार बनाएको हो । एमालेको गण्डकी प्रदेश कमिटी सदस्य रहेका पौडेल अवकाश प्राप्त शिक्षक हुन् ।

पौडेल लामो समयदेखि शिक्षक आन्दोलनमा आबद्ध थिए । पोखरा महानरपालिका १९ पुरनचौरका पौडेल एमाले अध्यक्ष केप शर्मा ओलीसँग निकट मानिन्छन् ।

तर उम्मेदवार बन्न नेताहरुबीच हानथाप चलिरहेका बेला एमालेको प्रदेश कमिटी सदस्य रहेका पौडलबारे त्यतिधेरै चर्चा थिएन । पोखरामा मेयर पदमा १२ जना र उपप्रमुखमा ११ जनाले नाम दर्ता गरेका थिए । जसमा २ जना प्रदेश सभा सांसदसहित वडाध्यक्षसमेत मेयर आकांक्षी थिए ।

मेयरका लागि पौडेलसहित प्रदेश सभासदस्यद्वय कृष्णबहादुर थापा र राजीव पहारीसहित भीम कार्की, मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मी आचार्य, प्राडा विश्वकल्याण पराजुली, दर्शन लामा, नेताहरु पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी थिए ।

एमालेले पोखरा महानगरपालिकाको उपमयेरमा मन्जु गुरुङलाई नै दोहोर्याउने निर्णय गरेको छ । उनले उपमेयरमा दाबी नै गरेकी थिइनन् ।

उपप्रमुखमा विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र बामदेव ढुंगानाले नाम टिपाएका थिए । तर एमालेले मन्जुलाई नै टिकट दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->