मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

स्थानीय तह निर्वाचन : आज उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचन : आज उम्मेदवारी दर्ता


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७९, आइतबार

पोखरा/ निर्वाचन आयोगले सार्वजनिक गरेको स्थानीय चुनावको कार्यतालिका अनुसार आज र भोलि उम्मेदवारी दर्ता हुनेछ । आयोगले निकालेको तालिका अनुसार ११ र १२ वैशाखमा उम्मेदवारी दर्ता, १३ वैशाखमा उम्मेदवार विरुद्ध उजुरी र १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम रहेको छ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। ३० वैशाख बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ ।आयोगले २७ वैशाख राति १२ बजेपछि मौन अवधि सुरू हुने जनाएको छ । मतदान हुनु ४८ घण्टा अगाडि मौन अवधि सुरू हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->