मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

टेवानद्वारा कोल्मा पोखरीछापमा क्षमता अभिबृद्धि

टेवानद्वारा कोल्मा पोखरीछापमा क्षमता अभिबृद्धि


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०७९, सोमबार

पोखरा/ पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजना एवम् नेपाल पर्यटन बोर्ड को प्रवद्र्धनमा पुतलीबजार नगरपालिका ९ मा सञ्चालित कोल्मा पोखरीछाप कम्युनिटी होमस्टेका सञ्चालकलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ ।

पर्यटन पुनरुत्थानसँगै होमस्टे सञ्चालकलाई व्यवसाय बढाउन तालिम आयोजना गरिएको टेवानका अध्यक्ष रेनुु थापाले जानकारी दिइन् । तालिममा पोखरीछाप कम्युनिटी होमस्टेका ४० जनाको सहभागिता रहेको थिहोमस्टे सञ्चालकलाई तालिम दिदै गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले गाउँका विशेषतालाई पर्यटन बजारमा पु¥याउन सक्नुपर्नेमा जोड दिए । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले गाउँका प्रकृति र संस्कृतिलाई पर्यटकीय रुपमा उपयोग गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->