पोखरा – नेकपा एमालेले पोखराको मेयरमा प्रदेश सांसद कृष्ण थापालाई टुंगो लगाएको छ । यस अगाडि प्रदेश सांसदलाई स्थानीय तहमा नपठाउने निर्णय गरेको एमालेले आफ्नो निर्णय उल्टाउदै थापालाई नै पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यस अगाडि मेयर बनाउने निर्णय गरेका एमाले नेता दिपक पौडेलले सिक्री चोरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि एमालेले उम्मेदवार परिवर्तन गरेको हो । उपमेयरमा भने वहालवाला उपमेयर मञ्जुदेवी गुरुङलाई बनाउने निर्णय गरेको छ । उपमेयर गुरुङले आफू उपमेयरमा उम्मेदवार नबन्ने बताएकी थिइन् ।




