सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

जैमिनीको नगरप्रमुखमा दुई स्वतन्त्र सहित ६ जनाको उमेद्वारी

जैमिनीको नगरप्रमुखमा दुई स्वतन्त्र सहित ६ जनाको उमेद्वारी


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०७९, मंगलबार

बागलुङ/ बागलुङको जैमिनी नगरपालिकाको प्रमुखका लागि पाँच जनाले उमेद्वारी दर्ता गराएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा उमेद्वार बन्नका लागि दुई स्वतन्त्र सहित पाँच जनाको उमेद्वारी परेको हो ।
नगरपालिकामा ५२ जना जनप्रतिनिधिका लागि १ सय ४८ जनाले उमेद्वारी दिएका छन् । जैमिनीमा नेकपा एमालेको तर्फबाट लिला राना प्रमुख र उषा पौडेलले उपप्रमुखमा उमेद्वारी दिएका छन् । त्यस्तै सत्ता गठबन्धनको तर्फबाट नरबहादुर पुनले प्रमुख र हरीहर शर्माले उपप्रमुखमा उमेद्वारी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट नगर प्रमुख पदमा निर्मदा बानियाँ क्षेत्री सापकोटा र उपप्रमुख पदमा चिना केसीको उम्मेदवारी परेको जैमिनी नगरपालिकाका निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिए । नेपाली कांग्रेस बिपीबाट काशिराम आचार्यले नगर प्रमुखमा उमेद्वारी दिएका छन् । नगर प्रमुखमा जयराम आचार्य र शिवलाल सापकोटाको स्वतन्त्र उम्मेदवारी परेको छभने उपप्रमुखमा रुद्रा कुमारी रोका क्षेत्री र कृष्ण राज पौडेलको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->