पोखरा/ विराटनगरदेखि मस्ताङको मुक्तिनाथ तीर्थ यात्रामा गएको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक सिडिओ तथा सूचना अधिकारी राचन्द्र ढकालका अनुसार मृत्यु हुने ३८ वर्षकी महिला छिन् । उनी स्कुटरमा सवार थिइन् ।
‘प्रारम्भिक जानकारीअनुसार स्कुटरबाट झर्ने क्रममा बससँग ठोक्किएको भन्ने छ । पूर्ण जानकारी आउन बाँकी छ,’ सूचना अधिकारी ढकालले भने, ‘घाइतेको संख्या अझै बढ्न सक्छ, आउँदै हुनुहुन्छ ।’ उनका अनुसार बसमा ३८ जना सवार थिए ।
ढकालका अनुसार मुस्ताङ वारागुङ गाउँपालिका, १ मा ना ५ क २१५९ नम्बरको बस दुर्घटना भएको हो । उनीहरुको जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ ।





