आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सहरा एकेडेमीमा सहयोग गरेर गंगाले मनाइन् जन्मदिन

सहरा एकेडेमीमा सहयोग गरेर गंगाले मनाइन् जन्मदिन


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०७९, शुक्रबार

पोखराकी गंगा थापा कोइरालाले आफ्नो ४६ औं जन्मदिन सहारा एकेडेमीमा सहयोग गरी मनाएकी छिन् ।

सहारा क्लब पोखराद्वारा पोखरा–१७, दोबिल्लामा संचालित एकेडेमीका बालकको निम्ति २५ हजार बराबरको खाद्यान्न र नगद ५ हजार सहयोग गरेकी हुन् ।

जनप्रिय मावि, सिमलचौरको एसएलसी ब्याच–२०५९ का सदस्यको आयोजनामा भएको कार्यक्रममा गंगाले एकेडेमीले यसअघि नै सहयोग गर्ने चाहना हुँदाहुँदै जन्मदिनसँगै मातातीर्थ औंशी सन्दर्भमा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।

कार्यक्रममा सो ब्याचका चन्द्र गिरी, केशवबहादुर थापा, रुद्रप्रसाद पराजुली, अनिल कार्की, हेमन्त कार्की, मनोज अधिकारी, सरस्वती गुरुङ, मुना राना कोइराला, नीरञ्जन बजिमय, बाबुराम बिक लगायतको सहभागिता थियो ।

सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले सहयोगप्रति आभार व्यक्त गरे । कार्यक्रममा क्लबका आजीवन सदस्य मनोज थापा र रविन श्रेष्ठको पनि उपस्थिति थियो । एकेडेमीमा हाल २२ बालक छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->