आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

आचार संहिता मिच्दै महानगर कर्मचारी चुनाव प्रचार प्रसारमा

आचार संहिता मिच्दै महानगर कर्मचारी चुनाव प्रचार प्रसारमा


  • विजय नेपाली
  • बैशाख १७ २०७९, शनिबार

पोखरा /महानगरपालिकाका नगर प्रहरी असई उपेन्द्र गिरी चुनाव प्रचार प्रसारमा हिडेका छन् । अस्थानीय कर्मचारीको रुपमा पोखरा नगर उपत्यका विकास समितिमा कार्यरत गिरी कार्यालय आउने गरेपनि चुनावी प्रचार प्रसारमा हिडिरहेका छन् ।

उनी नेकपा एमालेका कार्यकर्ता हुन् । तर, उनी आचार संहिता विपरित एमालेको चुनावी प्रचार प्रसारको घरदैलोमा हिडिरहेका छन् ।
कुनैपनि कर्मचारी पार्टीको झण्डा बोकेर हिड्न नपाउने प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख निर्वाचन अधिकृत हुमनाथ पराजुलीले बताए । ‘करारमै भएपनि पार्टीमा हिड्न पाउँदैनन् । यो आचार संहिता विपरित हो ।’

महानगर कर्मचारी स्रोतका अनुसार उनी कार्यालय विहान एकैछिन आउने र दिउँसो पार्टीको चुनाव प्रचारमा हिड्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->