पोखरा / पोखरा महानगरपालिका मेयरमा उम्मेदवारी दिएका अटेरी अभियानका गणेश पौडेलको चुनाव चिन्ह लौरो निर्वाचन आयोगले फिर्ता लिएको छ ।शनिवार लौरो चिन्ह पाएपछि प्रचार प्रसारमा लागेका गणेश पौडेलको चुनाव चिन्ह फिर्ता लिइएको हो ।
‘पहिले अरु स्वतन्त्र साथीहरुलाई चुनाव चिह्न रोज्न लगाएर बचेको लौरो मैले लिएको हुँ । तर, घर आइसकेपछि दिन मिल्दैन भन्दै खबर पठाएको छ,’ गणेश पौडेलले भने ।मुख्य निर्वाचन अधिकृतक श्रीकृष्ण भट्टराईले आफूहरुको प्राविधिक त्रुटिका कारण समस्या भएको बताए ।
स्वतन्त्र उम्मेदवार बढी भएको ठाउँमा मात्रै लौरो चिह्न दिन सकिने तर, पोखरामा थोरैमात्रै स्वतन्त्र उम्मेदवार भएकाले उक्त चुनाव चिह्न दिन नसकिने गरी परिपत्र पाएको भट्टराईले जानकारी दिए ।
मतपत्रको वर्णानुक्रममा लौरो सातौं नम्बर भन्दा पछाडि छ जसका कारण लौरो फिर्ता भएको हो ।




