सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

प्राज्ञिक विद्याार्थी परिषद्ले गर्यो ३६ युनिट रगत संकलन

प्राज्ञिक विद्याार्थी परिषद्ले गर्यो ३६ युनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०७९, सोमबार

पोखरा /प्राज्ञिक विद्याार्थी परिषद् नेपाल पोखरा महानगर इकाई समितिको आयोजनामा सोमबार भएको रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । विद्यार्थी दिवसको अवसर पारेर परिषदले आइतबार पोखराको विन्दवासिनी मन्दिरको पार्कमा कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक एवं प्राज्ञिक बिद्यार्थी परिषद् पोखरामहानगर अध्यक्ष रविमोहन बरालले बताए ।

प्राध्यापक तथा वरिष्ठ कानुन विद् हिमराज गिरीले परिषद्का गण्डकी उपाध्यक्ष दीपक रेग्मीलाई ब्लड ब्याग हतान्तरण गर्दै रक्तदान कार्यक्रमको सुरुआत गरेका थिए ।गिरीले परिषद्ले विभिन्न समयमा गरेका कामको प्रसंशा गदै आगामी दिनमा पनि निरन्तरता दिनु पर्नेमा जोड दिए ।

पद्म नर्सिङ होमका डाक्टर उज्जवल गिरीले रक्तदानको फाइदा र महत्वको बारेमा बोलेका थिए। कार्यक्रममा विन्देश्वरी बोडिङ स्कुलका प्रार्चाय कृष्ण श्रेष्ठ, मनकामना बोर्डिङ स्कुल फुलबारीका प्राचार्य रामचन्द्र पौडेल लगायतले रक्तदानको महत्वको बारेमा बोलेका थिए ।

परिषदले गरेको रक्तदान कार्यक्रममा रक्त सञ्चार सेवा गण्डकीको प्राबिधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->