सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

मुटुरोग अस्पताल योजनालाई सार्थकता दिनेछौं : गठबन्धन

मुटुरोग अस्पताल योजनालाई सार्थकता दिनेछौं : गठबन्धन


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०७९, शुक्रबार

पोखरा/पोखरा महागनरपालिका १ पुरानो टुंडिखेलमा प्रस्तावित मुटुरोग अस्पताललाई गठबन्धनले योजना अघि बढाउन लागिपर्ने बाचा गरेका छन् ।

सरकार परिवर्तनसंगै अलपत्र परेको उक्त योजनालाई पुनः ताजर्गी गर्ने मेयर तथा उपमेयरका उम्मेदवारहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

पोखरा १ मा भएको चुनावी सभाको सम्बोधन गर्दै गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले पोखरामा मेट्रो अस्पताल निमार्ण गर्ने बताए ।

‘एउटा विरामी हेलिकप्टर नपाएर उपचार गर्न काठमाडौं जान नपाउँदा मृत्यु हुन्छ । काठमाडौंमा हुने उपचार यहाँ किन हुन सक्दैन् ? उनले भने,‘तत्कालै उपचार नपाए मृत्यु हुने अवस्था आइरहेको छ त्यसैले हामी पोखरामै उपचार हुने गरी मेट्रो अस्पताल निमार्ण गर्छौ ।’

तत्कालिन साइनिङ अस्पताल रहँदा उपचार प्रदान गरेको अवस्थामा अस्पताल नै नरहेपछि अहिले त्यो ठाउँ खाली रहेको छ । आचार्यले उक्त स्थानमा मुटुरोग अस्पताल बनाउने बताए ।

उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले पोखरा महानगरपालिकामा मेयर उपमयेर तथा वडामा जित हासिल गरे वडा १ मा मुटुरोग अस्पताल निमार्ण कार्यको थलानी गर्ने बताएकी छिन् ।

उनले पोखरा १ टुंडिखेलमा आयोजित चुनावी सभाको सम्बोधन गर्दै उनले मुटुरोग अस्पताल बनाउने रोकिएको योजनाको थलानी गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले वडा १ मा मुटुरोगको अस्पताल बनाउने योजना बनाएपनि नेपाली कांग्रेसको सरकार ढलेपछि योजना अलपत्र परेको कुरा सुनाउँदै विगत पाँच वर्षमा उक्त अस्पतालका लागि कुनै पहल नभएको बताइन् ।

उनले अब आफुहरुले जितेर आएमा पुनः मुटुरोगको अस्पताल बनाउने प्रतिबद्धता व्यक्त गरेकी हुन् । संस्कृत माविलाई नेपालकै ऐतिहासिक भाषको विद्यालयको रुपमा बढवा दिनेछौँ स्तरोन्नती गर्नेछौँ ।

‘तत्कालिन समयमा साइनिङ अस्पताल हुदैँ गर्दा जनताले उपचार पाएका थिए । त्यो अस्तपताल त्यो क्षेत्र अहिले लथालिङ अवस्थामा हुन पुग्यो’उनले भनिन्, ‘तत्कालिन स्वास्थ्य मन्त्री गगन कुमार थापाले यो ठाउँलाई मुटुरोग अस्पताल बनाउनुपर्छ भनेर प्रस्ताव गर्नुभयो ।

त्यो कुराले गण्डकी प्रदेशवासी खुसी भए । काम हुदँै गदा नेपाली कांग्रेसको सरकार ढल्यो र मुटुरोग अस्पताल विचैमा तुहियो । हामीलाई विजयी गरेर पठाउनु त्यो अस्पताल बनाउने थलानी हामी गर्छौ ।’

वडा १ की वडा अध्यक्ष उम्मेदवार सीता गुरुङले वडामा सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । उनले अघिल्लो पाँच वर्षमा वडामा कुशासन आएकाले त्यसको अन्त्य गर्दै सुशासन युक्त तरिकाले अघि बढ्ने उनले बताइन् ।

‘सुशासन कायम गर्न सकेन भने धेरै समस्या झेल्न बाध्य हुनेछ’ उनले भनिन्, ‘यो संगसगैँ शिक्षा, स्वास्थ्य, गासँवास कपासका लागि समाजवाद निकै आवस्यकता छ । विगतमा काम गर्दा मागेर काम चलाउनु पथ्र्यो अब म वडा अध्यक्ष भएभने कसैसंग माग्न पर्दैन हामी आफै काम गर्न सक्छौ । ’

पोखरा १ मा वडा अध्यक्ष उम्मेदवार् सिता गुरुङ, सदस्यहरु सुनिता कुँवर, पार्वती पोखे्रल, मेघबहादुर गुरुङ र रामजी प्रसाद पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->