पोखारा/ तनहुँको व्यास नगरपालिका–८ मा पुनः निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले व्यास–८ रिस्तीका दुवै मतदान केन्द्रमा जेठ ४ गते पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।
शुक्रबार मतदान चलिहँदा मतदान केन्द्र निरीक्षणका लागि रिस्ती पुगेका स्वतन्त्र उम्मेदवार दिपराज जोशीमाथि नेपाली कांग्रेसका कार्यकर्ताहरुले कुटपिट गरेका थिए । कुटपिटपछि जोशी पक्षधरले रिस्तीमा पुनःमतदान हुनुपर्ने माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो ।





