सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनी आउँदै

भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनी आउँदै


  • ढोरपाटन संबाददाता
  • जेष्ठ २ २०७९, सोमबार

पोखरा/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोमबार लुम्बिनी आउँदैछन् । भारतको कुशीनगर विमानस्थलसम्म जहाजमा र त्यहाँबाट हेलिकोप्टरमा मोदी नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल लुम्बिनी उत्रनेछ । बुद्ध पूर्णिमाको दिनमा लुम्बिनी आउँदा उनले त्यहीँ समकक्षी नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।

६ घण्टे भ्रमणमा सोमबार लुम्बिनी आउँदैछन्। भारतको कुशीनगर विमानस्थलसम्म जहाजमा र त्यहाँबाट हेलिकोप्टरमा मोदी नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल लुम्बिनी उत्रनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी व्यस्त कार्यक्रम लिएर औपचारिक भ्रमणमा आउन लागेका हुन् । मोदी लुम्बिनी भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् । यसअघि कुनै पनि भारतीय प्रधानमन्त्रीले लुम्बिनी भ्रमण गरेका छैनन् । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकूलपति हृदयरत्न बज्राचार्यले समझदारीपत्र अनुसार विश्वविद्यालयमा ‘इन्डिया चेयर’ स्थापना हुने जानकारी दिए ।

‘इन्डिया चेयर’ को व्यबस्था बमोजिम बौद्ध विषय पढाउने एकजना भारतीय प्राध्यापक नियुक्त हुनेछन् । समझदारीपत्र तत्कालका लागि पाँच वर्षका लागि कायम रहने भएको छ । एकअर्को मुलुकबीच विश्वविद्यालयमा चेयर स्थापना गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ। नेपालले पनि १० वर्षअघि भारतको काशीस्थित बनारस हिन्दू विश्वविद्यालयमा ‘नेपाल चेयर’ स्थापना गरेको थियो ।

मानार्थ विद्यावारिधि दिने कार्यक्रम रद्द

लुम्बिनी बौद्ध विश्वविद्यालयले भारतीय प्रधानमन्त्री मोदीलाई अनररी डक्टरेट (मानार्थ विद्यावारिधि) दिने तयारी गरे पनि अन्तिम समयमा प्राविधिक कारण देखाएर उक्त कार्यक्रम रद्द गरिएको छ । विश्वविद्यालयका उपकुलपति बज्राचार्यले भारतीय प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधि दिने कार्यक्रम समय अभावका कारण सोमबार नहुने बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->