पोखरा २ जेठ/गण्डकी प्रदेशको मुस्ताङको निर्वाचन मत गणना सम्पन्न भएको छ । पाँच पालिका मध्ये ४ पालिका अध्यक्षमा नेकपा एमालेले जित हासिल गर्दा १ पालिकामा कांग्रेस विजयी भएका छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको छ । कांग्रेसका मोहन सिंह लालचनले ७ सय ६० मत ल्याई विजयी भए ।
एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा कांग्रेसका जमुना थापा मगर ६ सय ९३ मत सहित विजयी भएकी छिन् ।
एमालेकी मिमकुमारी शेरचनले ६ सय ५८ प्राप्त गरिन् । थासाङ गाउँपालिकामा अध्यक्षमा एमालेले जित हासिल गरेपनि उपाध्यक्ष भने कांग्रेसको पोल्टामा प¥यो ।
अध्यक्षमा एमालेका प्रदिप गौचनले १ हजार १ सय ४४ मत ल्याउँदै विजयी भए । कांग्रेसकी बालकुमारीले १ हजार ५५ प्राप्त गरिन् ।
उपाध्यक्षमा कांग्रेसकी सोमलाल हिराचनले १ हजार १ सय २२ मत ल्याउँदै विजयी भइन् । एमालेकी सुमिता शेर्पाले १ हजार ८० मत ल्याइन् ।
लो घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेले विजयी हासिल ग¥यो । एमालेका लोप्साङ छोम्पेल विष्टले ६ सय ८९ मत ल्याउँदै विजयी भए ।
एकीकृत समाजवादी देवबहादुर गुरुङ १ सय ८५ मत ल्याए । उपाध्यक्षमा एमालेका छिरिङ ल्हामो गुरुङले ६ सय ४१ ल्याउँदा कांग्रेसकी लक्ष्मी गुरुङले २ सय २५ मत प्राप्त गरिन् ।
लोमान्थाङ गाउँपालिकामा एमालेका टसी न्हर्वु गुरुङ ६ सय ६८ मत सहित विजयी भए । कांग्रेसका टसी गुरुङले ५ सय ४१ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकी छयुमी विष्ट गुरुङ ६ सय ३२ मतले विजयी भइन् । कांग्रेसकी छिरिङ ढोका गुरुङले २ सय २९ मत ल्याइन् ।
वारागुङ गाउँपालिकामा एमालेका रिङजीन नागमेल गुरुङ ८ सय ६७ मत सहित विजयी भए ।
कांग्रेसका आङजेन गुरुङले ५ सय ७७ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी ढिकी गुरुङ ७ सय ४९ मत सहित विजयी भए । कांग्रेसका धेच आङमो गुरुङले ६ सय ४७ मत ल्याए ।





