आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

रुपामा एमालेको विरासत कायमै नवराज र लालसुवाको दोस्रो इनिङ्स सुरु

रुपामा एमालेको विरासत कायमै नवराज र लालसुवाको दोस्रो इनिङ्स सुरु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०७९, सोमबार

पोखरा २ जेठ/कास्कीको रुपा गाउँपालिकामा एमालेले आफ्नो विरासत जोगाएको छ । रुपामा एमालेको तर्फबाट प्रमुखका उम्मेदवार नवराज ओझा र उपप्रमुख लालसुवा गुरुङले विजयी बनेका छन् ।

नवराजले ५ हजार ७४९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसकी गिमाया गुरुङले ४ हजार १३७ मत प्राप्त गरिन् । यस्तै उपप्रमुखमा लालसुवाले ५ हजार ३३२ मत पाउँदा कांग्रेसका नारायण श्रेष्ठले ४ हजार १५३ मत ल्याए ।

एमालेले सो गाउँपालिकामा यसअघिका प्रमुख र उपप्रमुखलाई नै उम्मेदवार दोहो¥याएको थियो । सो पालिकाको ७ मध्ये ६ वटामा एमालेकै उम्मेदवार विजयी बनेका छन् ।

एमालेले २०७४ सालको चुनावमा वर्चश्व राखेको यहाँको माछापुच्छे« गाउँपालिकामा भने पराजय व्यहोरेको छ । रुपामा १४ हजार ६ सय ७५ मतदाता रहेको रुपामा १० हजार ३ सय ४४ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->