पोखरा २ जेठ/नवलपुरको बौदीकाली गाउँपालिकाको अध्यक्षमा एमालेमा प्रकाश ओझा विजयी भएका छन् । कांग्रेसका उम्मेदवार खड्कबहादुर रानालाई ४३५ मतले हराउँदै उनले बौदकालीमा एमालेको झण्डा गाडेका हुन् ।
यसअघि बौदीकालीमा कांग्रेसले जितेको थियो । प्रकाशले ३ हजार ९७६ मत पाउँदा खड्कबहादुरले ३ हजार ५४१ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकी डिलकुमारी केसीले ३ हजार ९६२ मत ल्याउँदा कांग्रेसकी धनकान्ति घिमिरेले ३ हजार ५६ मत प्राप्त गरिन् ।





