पोखरा २ जेठ/पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । सुरुवात देखी नै अग्रता कायम राखेका गठबन्धनका उम्मेदवार धनराज आचार्य ६ सय ४० मतले एमालेका कृष्ण थापा भन्दा अघि रहेका छन् ।
१३ हजार ८ सय ९७ मत गणना सकिदाँसम्म धनराजले ५ हजार ६ सय ९० मत प्राप्त गरे । कृष्ण थापाले ५ हजार ५० मत प्राप्त गरे । राप्रपाका शंकर खरालले ६ सय ७७ मत ल्याए भने स्वतन्त्र उम्मेदवार गणेश थापाले ३ सय ३९ मत ल्याए ।
उपमेयरमा गठबन्धनकी कोपिला रानाभाट ३२ मतले एमालेकी मञ्जुदेवी गुरुङभन्दा अघि रहेकी छिन् । उनले ५ हजार ७ सय १९ मत प्राप्त गर्दा मञ्जुले ५ हजार ६ सय ८७ मत ल्याइन् । रञ्जना सेनले ६ सय ६ मत प्राप्त गरिन् ।




