पोखरा ३ जेठ÷कास्कीको अन्नपुर्ण गाउँपालिकामा नेकपा एमालेका विष्णु केसी विजयी भएका छन् । नेपाली कांग्रेसका युवराज कुवँरलाई ७ सय ६३ मतले पछि पार्दै विजयी भएका हुन् ।
केसीले ६ हजार ७ सय २२ मत प्राप्त गरे भने नेपाली कांग्रेसका उमेद्वार युवराज कुवँरले ५ हजार ९ सय ५९ मत प्राप्त गरेका छन् ।
त्यसै गरी उपाध्यक्षमा नेकपा एमालकी चन्द्रकला अधिकारीले ६ हजार ६ सय ८ मत प्राप्त गर्दै विजयी भइन् ।
नेपाली कांग्रेसकी खीमकुमारी गुरुङले ६ हजार १४ मत प्राप्त गरीन् । अन्नपुर्ण गाउँपालिकामा २० हजार ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेको थियो ।
यस अघि कास्कीमा युवराज कुँवरले मात्र कांग्रेसको साँख जोगाउन सकेको थियो ।




