पोखरा महानगरपालिकामा गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्य १ हजार ५ सय ३४ मत ले अघि रहेका छन् ।
कुल २६ हजार २ सय १० मत गणना गर्दासम्म धनराज आचार्यले १० हजार ९ सय ३९ मत प्राप्त गरे । निकटम प्रतिद्धन्द्धी कृष्ण थापा भने पछ्याइरहेका छन् । थापाले ९ हजार ४ सय ५ मत ल्याए ।
गठबन्धनकै उपमेयर उम्मेदवार कोपिला रानाभाट एमालेकी मञ्जुदेवी भन्दा ५ सय ५५ मतले अघि रहेकी छिन् । उनले ११ हजार २ सय ५४ मत प्राप्त गर्दा मञ्जुले १० हजार ६ सय ९९ मत प्राप्त गरिन् ।
२६ हजार २ सय १० मत गणना गर्दा यस्तो छ अन्य मेयर पद उम्मेदवारको मत
धनराज आचार्य गठबन्धन (कलम)– १०९३९
कृष्ण थापा एमाले (सुर्य)–९४०५
शंकर खराल राप्रपा (हलो)–११९९
गणेश पौडेल स्वतन्त्र (लौरो)–६२६
शुसिला केसी अधिकारी विवेकसिल साझा (तराजु) –७१
प्रेमप्रसाद गुरुङ मंगोल नेसनल अर्गनाइजेसन (कुखुराको भाले) –५६
मुना बानियाँ अमुल परिवर्तन मसिया पार्टी नेपाल (हृदय)– ४१
संजय तिमिल्सिना मौलिक जरोकिलो पार्टी ( किबोर्ड सहितको कम्प्युटर )–२४
किसान सिंह गुरुङ स्वतन्त्र (पुतली) –२१
सुनिल बहादुर कोइराला स्वतन्त्र (हास) –१३
मुक्तिनाथ सुवेदी नेपाली जनता दल (चक्का पांग्रा) – १३
भोजराज खनाल सचेत नेपाली पार्टी (सिंह) –१०
नवराज बास्तोला स्वतन्त्र (आँप) –९
रामराज अधिकारी स्वतन्त्र (खरायो) –१४
अनिल कुमार राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी (धापसहितको खुकुरी) –६
आशिष थापा उन्नत लोकतन्त्र पार्टी ( खुल्ला पुस्तक )–५
शरण सिंह मोक्तान जनमत पार्टी (लाउड स्पीकर )–७
गोविन्द प्रसाद शर्मा नेकपा समाजवादी (कार) –४
भोजराज त्रिपाठी नेकपा माओवादी समाजवाद (महिला पुरुष)–४
दिलबहादुर गुरुङ स्वतन्त्र (गुलाबको फुल)– १
विमल बहादुर कार्की (भुइकटर)– १
सृर्जना देवी रिजाल कार्की राष्ट्रिय नागरिक पार्टी (चंगा)–०
रनबहादुर दमै देशभक्त समाज बाह्रसिगे (जरायो) – ०




