आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गठबन्धनको अग्रता कायमै

गठबन्धनको अग्रता कायमै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०७९, मंगलबार

पोखरा ३ जेठ/पोखरा महानगरपालिकाको मत गणना ४ दिनमा १९..६६ प्रतिशत मात्रै सकिएको छ । १ लाख ४३ हजार ३ सय २६ मत खसेकोमा अहिलेसम्म २८ हजार १ सय ६० मत मात्रै गणना भएको छ ।

पोखराको मेयरमा धनराज आचार्यको अग्रता भने कायमै रहेको छ । गठबन्धनबाट मेयरमा उठेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ११ हजार ८ सय १२ मत ल्याउँदा एमालेका कृष्ण थापाले १० हजार ६२ मत मात्रै ल्याए ।

राप्रपाका शंकर खराल १ हजार २ सय ७१ मत प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ६ सय ६९ मत प्राप्त गरिन् ।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी कोपिला रानाभाटले १२ हजार १ सय ३० मत प्राप्त गर्दा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ११ हजार ४ सय ८३ मत प्राप्त गरिन् । राप्रपाकी रञ्जना सेनले १ हजार ६९ मत प्राप्त गरिन् ।

२८ हजार १ सय ६० मत गणना गर्दा यस्तो छ अन्य मेयर पद उम्मेदवारको मत

धनराज आचार्य गठबन्धन (कलम)– ११८१२

कृष्ण थापा एमाले (सुर्य)–१००६२

शंकर खराल राप्रपा (हलो)–१२७१

गणेश पौडेल स्वतन्त्र (लौरो)–६६९

शुसिला केसी अधिकारी विवेकसिल साझा (तराजु) –७७

प्रेमप्रसाद गुरुङ मंगोल नेसनल अर्गनाइजेसन (कुखुराको भाले) –६७

मुना बानियाँ अमुल परिवर्तन मसिया पार्टी नेपाल (हृदय)– ४१

संजय तिमिल्सिना मौलिक जरोकिलो पार्टी ( किबोर्ड सहितको कम्प्युटर )–२४

किसान सिंह गुरुङ स्वतन्त्र (पुतली) –२३

सुनिल बहादुर कोइराला स्वतन्त्र (हास) –१३

मुक्तिनाथ सुवेदी नेपाली जनता दल (चक्का पांग्रा) – १५

भोजराज खनाल सचेत नेपाली पार्टी (सिंह) –११

नवराज बास्तोला स्वतन्त्र (आँप) –९

रामराज अधिकारी स्वतन्त्र (खरायो) –१५

अनिल कुमार राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी (धापसहितको खुकुरी) –६

आशिष थापा उन्नत लोकतन्त्र पार्टी ( खुल्ला पुस्तक )–८

शरण सिंह मोक्तान जनमत पार्टी (लाउड स्पीकर )–८

गोविन्द प्रसाद शर्मा नेकपा समाजवादी (कार) –४

भोजराज त्रिपाठी नेकपा माओवादी समाजवाद (महिला पुरुष)–४

दिलबहादुर गुरुङ स्वतन्त्र (गुलाबको फुल)– १

विमल बहादुर कार्की (भुइकटर)– १

सृर्जना देवी रिजाल कार्की राष्ट्रिय नागरिक पार्टी (चंगा)–०

रनबहादुर दमै देशभक्त समाज बाह्रसिगे (जरायो) – ०

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->