आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

वडा २० मा एमाले विजयी

वडा २० मा एमाले विजयी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७९, बिहिबार

पोखरा महानगरपालिकाको वडा ७ मा कांग्रेस विजयी हुँदा वडा २० मा एमाले विजयी भएको छ । पोखरा महानगरपालिकाको १२ वटा वडाको परिणाम सार्वजानिक हुँदा कांग्रेसले ८ तथा एमालेले ४ वडामा जित हासिल गरेको छ ।

वडा २० को वडा अध्यक्षमा एमालेका गंगा बहादुर खत्रीले १ हजार २ मत प्राप्त गर्दा गर्दै विजयी हुँदा कांग्रेसका महेन्द्र अधिकारीले ७ सय ९५ मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेकी मिना पौडेल १ हजार २ सय ८७ मत ल्याउँदै विजयी हुँदा कांग्रेसकी माया तिम्सिनाले ७ सय ८३ मत प्राप्त गरिन् ।

दलित महिला सदस्यमा एमालेकी रुपा सार्की १ हजार ३ सय ७ मत ल्याउँदै विजयी हुँदा कांग्रेसकी अस्मिता दमैले ८ सय २ मत प्राप्त गरिन् ।

खुल्ला सदस्य १ एमालेका उत्तम गुरुङ १ हजार २ सय १३ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेसका नवराज ६ सय ९५ मत ल्याए ।
खुल्ला सदस्य २ मा एमालेका गजमान गुरुङ १ हजार १ सय ९३ सहित विजयी हुँदा कांग्रेसका रामबहादुर गौतम खत्रीले ८ सय ६३ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->