सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

पोखरा २४ मा अन्तरघात भएको भन्दै एमालेका ६ जनाले दिए राजीनामा

पोखरा २४ मा अन्तरघात भएको भन्दै एमालेका ६ जनाले दिए राजीनामा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०७९, शनिबार

पोखरा/पोखरा महानगरपालिका वडा २४ मा पार्टीबाट अन्तरघात भएको भन्दै वडा कमिटिबाट ६ जना सदस्यले सामुहिक राजिनामा दिएका छन् ।

बैशाख ३० गतेसम्पन्न स्थानिय तहको निर्वाचनमा पार्टीप्रति वफादार कार्यकतामाथि घात गर्दै केहि व्यक्तिको स्वार्थका कारण अन्तरघात भएको भन्दै राजिनामा दिएका हुन् ।

राजीनामा पत्रमा लेखिएको छ ‘ बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा पार्टी प्रति वफादार हरेक कास्कीकोट वासी जनताले पार्टीको तर्फबाट उम्मेदवारी वनेका पार्टी प्रतिनिधिलाई सवै तह र तप्काबाट अथाहा प्रयास र सदभावका साथ आफ्ना उम्मेदवार लाई जिताउन गरेको योगदान अमूल्य हुँदा हँुदै पनि आफ्नै पार्टी भित्रका केहि स्वार्थी, लोभि , पापी व्यक्तिहरुले पार्टीको संगठन र जीवन माथी धावा वोल्दै आफ्नै उम्मेदवार प्रति अन्तरघात गरी मुख्य प्रतिस्पर्धीहरुलाई सहयोग पुर्याई जघन्य राजनितिक अपराध गरीएको कुरा सवै सामु उजागर भएको छ ।’

वडा कमिटि उपाध्यक्ष उत्तम गिरी, वडा कमिटि सदस्य थमन गिरी, बल बहादुर थापा, पार्वती गिरी (निर्मला), पवित्रा गिरी र दिपक पुरीले संयुक्त राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->