आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सेभेन ए साईड फुटबल प्रतियोगिता, मेरो नेपालसँग आयोजक पराजित

सेभेन ए साईड फुटबल प्रतियोगिता, मेरो नेपालसँग आयोजक पराजित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०७९, शनिबार

जनएकता युवा क्लबको आयोजनामा शनिबारदेखि क्लबस्तरीय प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।

पोखरा–१४ स्थित रामेश्वरी माविको खेल मैदानमा भएको प्रतिस्पर्धामा शनिबारको पहिलो खेलमै आयोजक स्तब्ध बन्न पुगेको छ ।

जनएकता क्लब उदघाटन खेलमा स्थानीय मेरो नेपाल युवा क्लबसँग ३–२ गोल अन्तरले पराजित हुन पुग्यो ।

जनएकताका लागि सविन गुरुब र रोशन न्यौपानेले गोल गरेका थिए । मेरो नेपालको लागि विनय सुनार, विनय थापा र अर्जुन खत्रीले गोल गरेका थिए ।

प्रतियोगितामा ४६ क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुबले उदघाटन गरेका थिए ।

प्रतियोगितामा विजेताले नगद १ लाख ११ हजार रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेताले ६१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् ।

उत्कृष्ठ खेलाडीले नगद ५ हजार प्राप्त गर्ने छन् । त्यसैगरी उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्तालाई नगद ३÷३ हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->