आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

एमालेकी मञ्जुले मतान्तर बढाउँदै मेयरमा धनराजकै अग्रता (मेयर, उपमेयर मत विवरण)

एमालेकी मञ्जुले मतान्तर बढाउँदै मेयरमा धनराजकै अग्रता (मेयर, उपमेयर मत विवरण)


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०७९, आइतबार

पोखरा/पोखरा महानगरपालिकाको मेयरमा अग्रता लिन नसकेको नेकपा एमालेले उपमेयरमा भने अग्रतामा मतान्तर तिव्र रुपमा बढाएको छ ।

एमालेको गढको रुपमा चिनिएका वडाहरुमा समेत मेयरमा गठबन्धन नै अघि रहेपनि उपमेयरमा भने सन्तोषजनक तरिकाले मत आएको छ ।

१ लाख १२ हजार ५ सय ८० मत गणना हुँदासम्म गठबन्धनका धनराज एमालेका कृष्ण थापा भन्दा ३ हजार ४ सय ३७ मतले अघि रहेका छन् ।

उपमेयरमा मञ्जुदेवी कांग्रेसकी कोपिला रानाभाट भन्दा २ हजार ३ सय ६० मतको अग्रतामा रहेकी छिन् ।

११२५८० मत गणना हुँदा मेयरमा कस्ले कति पाए ः

धनराज आचार्य गठबन्धन (कलम)– ४५०७२

कृष्ण थापा एमाले (सूर्य)–४१५९०

शंकर खराल राप्रपा (हलो)–४९८७

गणेश पौडेल स्वतन्त्र (लौरो)–२७५९

शुसिला केसी अधिकारी विवेकसिल साझा (तराजु) –३१४

प्रेमप्रसाद गुरुङ मंगोल नेसनल अर्गनाइजेसन (कुखुराको भाले) –४८५

मुना बानियाँ अमुल परिवर्तन मसिया पार्टी नेपाल (हृदय)– ११९

संजय तिमिल्सिना मौलिक जरोकिलो पार्टी ( किबोर्ड सहितको कम्प्युटर )–४७

किसान सिंह गुरुङ स्वतन्त्र (पुतली) –१०८

सुनिल बहादुर कोइराला स्वतन्त्र (हास) –२५

मुक्तिनाथ सुवेदी नेपाली जनता दल (चक्का पांग्रा) – ८९

भोजराज खनाल सचेत नेपाली पार्टी (सिंह) –५३

नवराज बास्तोला स्वतन्त्र (आँप) –३८

रामराज अधिकारी स्वतन्त्र (खरायो) –९९

अनिल कुमार राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी (दापसहितको खुकुरी) –२८

आशिष थापा उन्नत लोकतन्त्र पार्टी ( खुल्ला पुस्तक )–६०

शरण सिंह मोक्तान जनमत पार्टी (लाउड स्पीकर )–२४

गोविन्द प्रसाद शर्मा नेकपा समाजवादी (कार) –११

भोजराज त्रिपाठी नेकपा माओवादी समाजवाद (महिला पुरुष)–२०

दिलबहादुर गुरुङ स्वतन्त्र (गुलाबको फुल)– २९

विमल बहादुर कार्की (भुइकटर)– ११

सृर्जना देवी रिजाल कार्की राष्ट्रिय नागरिक पार्टी (चंगा)–९

रनबहादुर दमै देशभक्त समाज बाह्रसिगे (जरायो) – ३

उपमेयर उम्मेदवारले पाएको मत

कोपिला रानाभाट नेपाली कांग्रेस (रुख) –४४९६४

मञ्जुदेवी गुरुङ नेकपा एमाले (सूर्य) –४७३२४

रञ्जना सेन रन्जु राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा (हलो) –४९२७

माधव भण्डारी विवेकशील साझा पार्टी (तराजु)–२३९

पदम बहादुर गुरुङ आमुल परिवर्तन मसिहा पार्टी नेपाल (हृदय)–१०८

सोनी परियार सचेत नेपाली पार्टी (सिंह)–३१

शितला थापा नेकपा समाजवादी (कार)–१६

सोम माया वि.क स्वतन्त्र (पुतली)–३४

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->