पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङको जित निश्चित देखिएको छ ।
१ लाख २५ हजार ५ सय २० मत गणना हुँदासम्म धनराजले ५० हजार ६ सय १२ मत प्राप्त गर्दा एमालेका कृष्ण थापाले ४६ हजार ५ सय ८३ मत प्राप्त गरे । धनराज ४ हजार २९ मतले थापा भन्दा अघि रहेका छन् ।
यस्तै उपमेयरमा मञ्जुदेवीले ५३ हजार १ सय ७३ मत प्राप्त गर्दा गठबन्धनकी कोपिला रानाभाटले ४९ हजार ५ सय ८६ मत प्राप्त गरिन् ।
मञ्जु ३ हजार ५ सय ८७ मतले अघि रहेकी छिन् । १ लाख ४३ हजार २ सय २६ मत खसेको पोखरामा अब १७ हजार ७ सय ६ मत गणना गर्न बाकिँ रहेको छ । यद्यपी निरन्तरको अग्रतालाई हेर्दा जित निश्चित देखिएको हो ।
१२५५२८० मत गणना हुँदा मेयरमा कस्ले कति पाए ः
धनराज आचार्य गठबन्धन (कलम)– ५०६१२
कृष्ण थापा एमाले (सूर्य)–४६५८३
शंकर खराल राप्रपा (हलो)–५३३७
गणेश पौडेल स्वतन्त्र (लौरो)–२८६४
शुसिला केसी अधिकारी विवेकसिल साझा (तराजु) –३२९
प्रेमप्रसाद गुरुङ मंगोल नेसनल अर्गनाइजेसन (कुखुराको भाले) –५१९
मुना बानियाँ अमुल परिवर्तन मसिया पार्टी नेपाल (हृदय)– १२७
संजय तिमिल्सिना मौलिक जरोकिलो पार्टी ( किबोर्ड सहितको कम्प्युटर )–४८
किसान सिंह गुरुङ स्वतन्त्र (पुतली) –११४
सुनिल बहादुर कोइराला स्वतन्त्र (हास) –२६
मुक्तिनाथ सुवेदी नेपाली जनता दल (चक्का पांग्रा) – १०५
भोजराज खनाल सचेत नेपाली पार्टी (सिंह) –६०
नवराज बास्तोला स्वतन्त्र (आँप) –३९
रामराज अधिकारी स्वतन्त्र (खरायो) –१०१
अनिल कुमार राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी (दापसहितको खुकुरी) –३२
आशिष थापा उन्नत लोकतन्त्र पार्टी ( खुल्ला पुस्तक )–६४
शरण सिंह मोक्तान जनमत पार्टी (लाउड स्पीकर )–२४
गोविन्द प्रसाद शर्मा नेकपा समाजवादी (कार) –११
भोजराज त्रिपाठी नेकपा माओवादी समाजवाद (महिला पुरुष)–२२
दिलबहादुर गुरुङ स्वतन्त्र (गुलाबको फुल)– ३३
विमल बहादुर कार्की (भुइकटर)– ११
सृर्जना देवी रिजाल कार्की राष्ट्रिय नागरिक पार्टी (चंगा)–२२
रनबहादुर दमै देशभक्त समाज बाह्रसिगे (जरायो) – ५
उपमेयर उम्मेदवारले पाएको मत
कोपिला रानाभाट नेपाली कांग्रेस (रुख) –४९५८६
मञ्जुदेवी गुरुङ नेकपा एमाले (सूर्य) –५३१७३
रञ्जना सेन रन्जु राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा (हलो) –५३१८
माधव भण्डारी विवेकशील साझा पार्टी (तराजु)–२५४
पदम बहादुर गुरुङ आमुल परिवर्तन मसिहा पार्टी नेपाल (हृदय)–११८
सोनी परियार सचेत नेपाली पार्टी (सिंह)–३७
शितला थापा नेकपा समाजवादी (कार)–१७
सोम माया वि.क स्वतन्त्र (पुतली)–३८





