बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

राजाको दरबारबाट वर्षमा एक पटक निकालिने थान्का

राजाको दरबारबाट वर्षमा एक पटक निकालिने थान्का


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०७९, शनिबार

पोखरा/कोरोना महामारी पश्चात पहिलो पटक मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखी ‘तिजी’ पर्व मनाउन सुरु गरिएको छ । कोरोना महामारीले ३ वर्ष प्रभाव पारेपछि पुजापाठ मात्रै गरेर सम्पन्न गरिएको पर्व अहिले भने सर्वसाधारणका लागि समेत खुल्ला गरिएको छ । पर्वकै अवसरमा मुस्ताङमा बौद्धधर्मसंग जोडिएको विशाल थान्काको समेत दर्शन गर्न पाइन्छ । ऐतिहासिक र सांस्कृतिक महत्वको ‘तिजी’ पर्वको अवसरमा विशाल थान्का दरबारबाट बारिह निकालेर सर्वसाधारणलाई पुजापाठ र अवलोकनका लागि खुल्ला गरिएको छ । जुन थान्का वर्षको एक पटकमात्रै बाहिर निकालिने गरिन्छ ।
लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अङ्कित ठूलो आकारको थान्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजापाठ गरेर तिजी पर्व मनाउन थालेका हुन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका दश वटा वडाका बासिन्दाले हरेक वर्षको ज्येष्ठ कृष्ण द्वादशी तिथीदेखि तीन दिन ‘तिजी’ पर्व मनाउने प्रचलन चलिआएको छ । तिजी लोवा समुदायले मनाउने सबैभन्दा ठूलो र प्रख्यात पर्व भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले जानकारी दिए । गुरुङले मुस्ताङको धार्मिक तथा सांस्कृतिक पर्वले पर्यटन प्रर्वद्धनमा महत्वपुर्ण योगदान पुग्ने बताए ।
अध्यक्ष गुरुङले तिजी पर्व अवलोकनका लागि ३ सय भन्दा बढी विदेशी पर्यटक आएका जानकारी दिए । माटोको पर्खालभित्र रहेको ७०० वर्ष पुरानो गुम्बा, दरबार, लोवा समुदायको संस्कृति र हिमाली जनजीवन लोमान्थाङको आकर्षण हो । उजाड पहाडको बीचमा समथर भूगोलमा रहेको लोमान्थाङका १३ औँ पुस्ताका राजाले तिजी पर्व मनाउन सुरुआत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->