बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

औषतभन्दा कम उचाईमा पटक पटक घुमेको थियो जहाज

औषतभन्दा कम उचाईमा पटक पटक घुमेको थियो जहाज


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७९, आइतबार

बागलुङ/ पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको जहाज औषत भन्दा कम उचाईमा थासाङ पुगेको थियो । हल्का बर्षा भैरहेको समयमा घर भन्दा केही माथी जहाज दुई तिन पटक घुमेको देखेको थासाङ गाउँपालिका–२ बोक्सेखोलाका विकल वागदासले बताए । ‘हामि खाना खाँदै थियौं, जहाज धेरै पटक घुमेको थियो’ उनले भने ‘हल्का कुहिरो लागेर पानी परिरहेको थियो ।’ उनले अन्य समयमा निकै माथी देखिने जहाज आज घर देखि केही माथी मात्रै पटक पटक घुमेको देखेको बताए ।
पोखराबाट जोमसोमका लागि उडेको उक्त जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर हेलिकोप्टरको खोजी भइरहेको छ । उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको छ ।

सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले भने, ‘सुर्खेत र काठमाडौं एयरबेसबाट हेलिकोप्टर परिचालन गर्न तयारी अवस्थामा छ ।’ गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दिवेश लोहनीले सम्पर्कविहीन जहाजको स्थल र हवाई दुवै माध्यमबाट खोजी भइरहेको अनलाइनखबरलाई बताएका छन् ।

सम्पर्कविहीन भएको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।
यसैबीच, मुस्ताङको घाँसामा ठूलो आवाज सुनेको र आगो बलेको देखेको भन्दै स्थानीयले खबर गरेका छन् । तर त्यहाँ अहिलेसम्म प्रहरी वा अन्य कुनै निकाय पुगेको छैन । प्रहरीका अनुसार यो सूचनालाई पुष्टि गर्ने प्रयास भइरहेको छ । यद्यपि, अहिले हराएको विमानको खोजीलाई त्यसतर्फ केन्द्रित गरिएको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार इमरजेन्सी लोकेसन ट्रान्समिटर संकेत फेला परेको छ । संकेत अनुसार जहाज केही बस्तु वा पहाडमा ठोकिएको देखिन्छ । जहाज ठोकीएको आशंका गरिएको स्थान मानव बस्तिभन्दा निकै उच्च पहाडमा पर्ने स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->