बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मौसमको खराबीले सम्पर्कविहीन जहाजको खोजीमा समस्या

मौसमको खराबीले सम्पर्कविहीन जहाजको खोजीमा समस्या


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७९, आइतबार
फाइल तस्वीर

बागलुङ/ पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको छ ।

मौसम खुल्दासाथ खोजीकार्यका लागि पुनःहेलिकप्टर परिचालन गरिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

“खोजीका लागि पठाइएको हेलिकप्टर खराब मौसमका कारण फर्किएको छ, काठमाडौँदेखि नेपाली सेनाको हेलिकप्टर पनि आउँदैछ, खोजीका लागि सबै उपायसहित तयारी अवस्थामा छौँ”, उनले भने ।

उनले अहिलेसम्म पनि जहाज सम्पर्कविहीन अवस्थामै रहेको उल्लेख गरे। टुकुचे र धवलागिरि क्षेत्र आसपासबाट विमान सम्पर्कविहीन भएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ ।

उक्त विमान पोखराबाट आज बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको थियो । पच्चीस मिनेटको यात्रापछि अवतरण हुनुपर्ने जहाज अझै सम्पर्कका आउन सकेको छैन । जहाजमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->