पोखरा/मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आइतबार पनि सेवा दिने भएको छ । नेपाल सरकारले आइतबार पनि विदा दिने निर्णय गरेपनि पालिकाले भने जनताको सेवा दिन आइतबार पनि सेवा सुचारु राख्ने निणर्य गरेको हो ।
कार्यपालिकाको निर्वाचन सकिएलगत्तै पहिलो बैठकबाट आइतबार समेत सम्पुर्ण सरकारी सेवा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बताए ।
उनले राज्यले विदा भनेपनि पालिकाले भने नागरिकको सेवालाई थप प्रभावकारी बनाउने तर्फ अघि बढेको बताए । उनले आइतबारको विदा कटौती गर्दै सेवा प्रवाह गरिने जानकारी दिए ।
पालिकाका इन्जिनियर सुरेश घिमिरेले पालिकाले गरेको निर्णयले नागरिकलाई फाइदा हुने बताए । उनले हरेक सरकारी निकायबाट आइतबार समेत सेवा प्रदान हुने बताए ।




