बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

महिला क्लब पोखराद्वारा शैक्षिक सामाग्री वितरण

महिला क्लब पोखराद्वारा शैक्षिक सामाग्री वितरण


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २० २०७९, शुक्रबार

पोखरा/पोखरा महानगरपालिका ७ मा रहेको महिला क्लब पोखराले विपन्न तथा विपन्न आएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

श्री कृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना छात्र तथा छात्राहरुलाई झोला, कपि, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका ७ का वडा अध्यक्ष राम मोहन आचार्यले महिला क्लबले गर्दै आएका विभिन्न सामाजिक कार्यहरुको प्रशंसा गर्दै यो पटक आफ्नै वडाको विद्यालयमा अध्यनरत विद्यार्थीलाई सहयोग गरेकोमा धन्यवाद दिए ।

उनले आफ्नो वडामा रहेको एक मात्र सामुदायिक विद्यालयको गुणस्तर वृद्वी गर्न लागि पर्ने प्रतिवद्वता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम रेग्मीले कल्बले गर्दै आएको सामाजिक सेवा यस पटक विद्यालयका विद्यार्थीका लागि समर्पित गरेकोमा धन्यवाद व्यक्त गरे ।

महिला क्लबका अध्यक्ष मिना आचार्यले क्लबले विगत ९ वर्ष देखि संस्था सामाजिक कार्यमा क्रियाशिल रहेको बताउदै आफ्नै वडामा रहेको विद्यालयका विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गर्न पाउदा खुसी व्यक्त गदै कार्यक्रम सफल पार्न सहयोग पुर्याउने विद्यालय परिबार लगाएत क्लबका सम्पुर्ण सदस्यलाई धन्यवाद व्यक्त गरिन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->