आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरामा असोज ५ देखि तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने

पोखरामा असोज ५ देखि तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २२ २०७९, आइतबार

पोखरा/नेपालको मार्सल आर्ट क्षेत्रमा अग्रणी स्थान रहेको नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी असोज ५ देखि ९ गतेसम्म तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

पोखरामा आज आयोजित पत्रकार सम्मेलनमासो कुराको जानकारी दिइएको हो । प्रतियोगिताले पोखरामात्र नभई नेपालको खेल तथा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

यसअघिका वर्षमा काठमाडौंमा हुँदै आएको प्रतियोगिता गत वर्ष कोभिड–१९ का कारण प्रभावित भएको थियो । गत वर्ष गण्डकी प्रदेशमा आयोजना गर्ने भनिए पनि कोभिड–१९ कै कारण हुन सकेको थिएन ।

यस अन्तर्राष्ट्रिय तेक्वान्दो संघले स्वीकृत प्रदान गरेपश्चात पोखरामा प्रतियोगिताको तयारी तीव्र पारिएको छ । विश्वका ५० भन्दा बढी देशका एक हजार ५ सय बढी खेलाडी, रेफ्री, अफिसियल र उनीहरुका परिवारसहित २ हजारभन्दा बढी विदेशी खेलाडी पोखरा आउने अनुमान गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब २ करोड लाग्ने अनुमान गरिएको मूल आयोजक समितिका अध्यक्ष प्रकाश शम्शेर राणाले बताए ।

जसमा १८ वर्षमाथिकाले पनि विभिन्न तौल समूहमा खेल्न पाउने छन् । प्रतियोगितामा सिनियर महिला÷पुरुषतर्फ ८÷८ र जुनियरतर्फ १०÷१० वटा तौल समूहका खेल हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->