पोखरा / गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/२०८० को नीति तथा कार्यक्रम सार्वजानिक गर्दैछ । आगामी वर्ष प्रदेशमा गरिने योजनाहरु सार्वजाकि गरिदैँछ ।
गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रम हुँदैछ । वर्तमान सरकारले आफ्नो अन्तिम कार्यकालको नीति तथा कार्यक्रम केहि समयमै प्रस्तुत गर्दैछ ।
आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा वाचन गर्नेछन् ।
आगामी वर्ष प्रदेशसभाका सदस्यहरूको कार्यकाल सकिने र नयाँ निर्वाचन हुनेहुँदा गण्डकी सरकार स्थापनाको पहिलो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम हो ।
पछिल्ला पाँच वर्षमा सरकारले चारवटा नीति तथा कार्यक्रम ल्याइसकेको छ भने दुईपटक प्रदेश सरकार र चारजना प्रदेश प्रमुख फेरिइसकेका छन् ।




