आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

‘दलित बस्तीको विकास-गरिबीको निकास’

‘दलित बस्तीको विकास-गरिबीको निकास’


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २४ २०७९, मंगलबार

पोखरा /गण्डकी प्रदेश सरकारले प्रदेशमा नमुना आदर्श बस्ती बनाउने भएको छ ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा ‘दलित बस्तीको विकास गरिबीको निकास गर्ने सोचका साथ दलित बस्तीमा भौतिक र सामाजिक सुधार कार्यक्रम मार्फत नमुना आदर्श बस्ती विकास गर्न आवस्यक व्यवस्था मिलाइने छ’ उल्लेख गरिएको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सार्वजानिक गरिरहेका छन् । नीति तथा कार्यक्रममा भनिएको छ ‘गण्डकी प्रदेशका स्रष्टाहरुको ऐतिहासिक र लोप हुन लागेको सृर्जनहरुको खोजी कार्यलाई अगाडकी बढाउन गण्डकीएकीकृत संग्राहलय स्थापना गरिनेछ ।

स्रस्टाहरुको सम्मान एवम् विमा सम्बन्धि कार्यक्रम ल्याइने छ ।’ यस्तै पोखरा नयाँबजारमा रहेको क्षेत्रीय संग्राहलयको समेत निमार्ण गरिने भएको छ ।

प्रदेश भित्र रहेका अन्य संग्राहलयको समेत पुनः निमार्ण गरि पर्यटकीय संग्राहलयको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->