पोखरा /राष्ट्रिय खेलकुद परिषदको स्वामित्वमा रहेको पोखरा रंगशालालाई प्रदेशको स्वामित्वमा ल्याउन प्रदेश सरकारले पहल गर्ने भएको छ ।
निमार्णाधीन अवस्थामा रहेको पोखरा रंगशाला स्थित फुटबल रातमा समेत प्रतियोगिता गर्ने गरी प्रदेशले बजेट विनियोजन गर्नेभएको छ ।
प्रदेश सरकारले कास्कीको माछापुच्छे्र गाउँपालिका भेडावारीमा बन्ने एन्फा टेक्निकल सेन्टरका लागि संघ सरकारसंग पहल गर्ने भएको छ ।
यस्तै खेल्छ गण्डकी नारालाई आत्मसात गर्दै खेलकुदमा युवाको बढ्दो चासोलाई सम्बोधन गर्न वप्रदेश खेलकुद नीति बनाइ कार्यान्वय गरिनेभएको छ ।





