आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरा महानगरको सडक खाल्डाखुल्डी टाल्ने अभियान सुरु

पोखरा महानगरको सडक खाल्डाखुल्डी टाल्ने अभियान सुरु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०७९, आइतबार

पोखरा/ पोखरा महानगरपालिकाले शनिबारदेखि सडकका खाल्डाखुल्डी टाल्ने अभियान सुरु गरेको छ । महानगरका पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङका अनुसार महानगरअन्तर्गतका सबै मुख्य सडक र सहायक सडकमा यो अभियान चलाइने छ ।

त्यसका लागि काम सुरु भएको उनले जानकारी दिए । ‘महानगरअन्तर्गतका मुख्य सहरी सडक र सहायक सडकहरुमा जहाँ खाल्डा खुल्डी परेका छन्, त्यहाँ तत्काल टाल्ने अभियान सुरु भएको छ । जहाँ अत्यावश्यक छ । त्यहाँ अहिले प्राथमिकता दिएका छौं । नयाँ आर्थिक वर्ष सुरु भएपछि नयाँढंगले खाल्डा खुल्डी परेका ठाउँमा जानकारी पाएको तीन दिनभित्र पुरिसक्नेगरी पूर्वाधार र जनशक्ति तयार पार्ने योजनामा छौं’,उनले भने ।

महानगरका सवइन्जिनियर नेत्र तिमिल्सिनाका अनुसार शनिबार पोखरा ५ चिल्डेन पार्कदेखि सोपाल तमु समाजसम्म सडकका खाल्डाखुल्डी पुर्ने काम भएको छ ।

इता,पोखरा महानगरपालिकाले शुक्रबारदेखि थालेको ढल तथा नाला सफाई अभियानअन्तर्गत दोस्रो दिनसम्म २५ टन फोहोर संकलन गरिएको छ । पहिलो दिन १६ टन फोहोर नालाबाट निकालिएको र दोस्रो दिन ८ टन फोहोर नालाबाट निकालिएको महानगरकी सरसफाई शाखा प्रमुख कल्पना बरालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->