कतारमा २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने विश्वकप खेल्ने ३२ टिमको टुंगो सकिएको छ । अन्तरमहादेशीय प्लेअफअन्तर्गत मंगलबार राति भएको खेलमा कोस्टारिकाले न्युजिल्याण्डलाई १–० ले हराएसंगै विश्वकपको ३२ टिमको टुंगो लागेको हो । जित संगै कोस्टारिका विश्वकपमा पुग्ने अन्तिम टिम हो ।
कास्टारिकासंगै समुह ई मा स्पेन, जर्मनी र जापान रहेको छ । २२औं संस्करणको पिफा विश्वकप कतारको ५ सहरको ८ मैदानमा खेलाइनेछ ।

कुन राष्ट्र कुन समुहमा ?
समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर
समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स
समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अष्ट्रेलिया
समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका
समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा
समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,
समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना





