पोखरा/आगामी वर्ष प्रदेश सरकारले अनाथ बालबालिकाका लागि ‘मुख्यमन्त्री संग अनाथ बालबालिका’ कार्यक्रमलाई अघि सारेको छ ।
गण्डकी प्रदेश भित्र रहेका अनाथ बालबालिकाको शिक्षाका लागि प्रदेश सरकारले उक्त योजनाका लागि आवस्यक बजेट विनियोजन गरेको हो ।
बजेट भाषण गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले ‘अनाथ बालबालिकाको शिक्षा आर्जन गर्ने अधिकरार सम्बोधन गर्नका लागि एसोएस हर्मन माइनर विद्यालय पोखरा मार्फत अनाथ विद्यार्थीका लागि छात्रवृत्ति अनुदान उपलब्ध गराउन मुख्य मन्त्रीसंग अनाथ बालबालिका कार्यक्रममा बजेटको व्यवस्था गरेको छ’ उनले भने ।
यस्तै प्रदेश सरकारले ‘सामुयिक क्याम्पस संग प्रदेश सरकार’ कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ ।





