आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

‘लाहुरे’ देखाएर हिरोइज्म देखाउँदै कास्की प्रहरी

‘लाहुरे’ देखाएर हिरोइज्म देखाउँदै कास्की प्रहरी

प्रहरीको विश्वासमा सुध्रिएका लाहुरे ।


  • ढोरपाटन संवाददाता
  • असार ४ २०७९, शनिबार

पोखरा/ ०७८ पुष १४ गते साँझ ७ बजे कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं. ८ बाट १३.०१ ग्राम ब्राउन सुगर, ३८ हजार ३५० रुपैयाँ नगद, ५ थान मोबाइल र एकवटा स्कुटर पक्राउ ग¥यो ।
पक्राउ पर्नेमा, चर्चित ¥यापर आशिष राना उर्फ लाहुृरे सहित एक युवती र अन्य दुई युवा पनि थिए ।

यसको प्रमाण भनेको कास्की प्रहरीले जारी गरेको विज्ञप्ती नै हो ।
तर, ५६ दिन हिरासतमा बसेपछि २०७८ फागुन १० गते ¥यापर लाहुरे भने ५० हजार धरौटीमा छुटे । अन्य तीनजना चाहिँ फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा पठाउने आदेश अदालतले दियो ।

अदालतको उक्त आदेश आउनुपूर्व कास्की प्रहरीले लाहुरेलाई लागुपदार्थ सेवनकर्ता मात्र रहेको भन्दै सरकारी वकिलकोमा प्रतिवेदन बुझाएको थियो । जबकी लाहुरेले नै १२ हजार नगदमा ०.५१ ग्राम ब्राउन सुगर किनेका थिए । प्रहरीले लाहुरेलाई सोहीमात्रामा ब्राउन सुगर सहित पक्राउ गरेको थियो । चारैजना सँगै पक्राउ परेको अवस्थामा कास्की प्रहरीले लाहुरेलाई चाहिँ सेवनकर्ताको रुपमा लियो भने अन्य तीनजनालाई चाहिँ ओसारपसारकर्ताको रुपमा लिएर मुद्धा चलायो । जसका कारण अन्य तीनजना लाहुरेसँगै छुटेनन ।

पोखरा नयाँबजारका लाहुरेको युवाहरुमा निकै क्रेज छ । ¥याप ब्याटलमार्फत युवामाझ चर्चित तीनै लाहुरेलाई लिएर कास्की प्रहरीले अहिलेचाहिँ हिरोइज्म देखाउन खोजेको छ । कास्की प्रहरीकै तथ्यांकलाई आधार मान्ने हो भने लागुपदार्थ दुव्र्यसनमा हिरासत परेका कैयन युवाहरु हिरासतबाट निस्केपछि त्यही कर्म दोहो¥याएका छन । उनीहरु पटके रुपमा विभिन्न समयमा प्रहरीको नियन्त्रणमा पर्ने गरेका पनि छन ।

तर, लागुऔषध मुद्धा लागिसकेपछि कास्की प्रहरी स्वयम गएर उनीहरुलाई परामर्श दिने, मोटिभेट गर्ने गरेको चाहिँ पाइँदैन ।
लाहुरे चाहिँ यसको अपवाद बने ।

उनलाई प्रहरीले पक्राउ गरेपछि विशिष्ट कक्ष उपलब्ध गराउनेदेखि लिएर हिरासतमा पनि मनोेपरामर्श दिन कास्की प्रहरीको नेतृत्व स्वयम पुग्यो । कास्की प्रहरी प्रमुख रमेश थापाले पनि शुक्रबारको पत्रकार सम्मेलनमा यसलाई स्विकार गरे ।

तर, लागुऔषध मुद्धामा हिरासत पुगेका चर्चित व्यक्तिलाई मनोपरामर्श दिन पुग्ने कास्की प्रहरीले सोही मुद्धाका अन्य व्यक्तिलाई चाहिँ किन परामर्श दिँदैन त ?

थापाले भने, “हामीले केही कुरा बुझायौँ, केयर ग¥यौँ, मोटिभेट ग¥यौँ भने उसलाई सकारात्मक बनाउन सकिन्छ भन्ने सोचाई थियो …।”

तर, उनले सोही मुद्धामा परेका अन्य व्यक्तिको बारेमा भने बोलेनन । कारण, उनीहरु चर्चित सेलिब्रेटी थिएनन ।

लाहुरे चर्चित थिए र उनले आफूले अब कहिल्यै लागुऔषध सेवन नगर्ने प्रतिबद्धता जनाएकै कारण कास्की प्रहरीले उनलाई नै लिएर लागुऔषध विरुद्धको सचेतना कार्यक्रममा प्रस्तुती दिने भएका छन ।

प्रहरीको विश्वासमा सुध्रिएका लाहुरे ।

५६ दिन प्रहरी हिरासतमा बसेका तीनै लाहुरे अब भने नयाँ जिवन सुरु गर्ने सुरसारमा छन् । जेल बस्दा प्रहरीले गरेको व्यवहारले आफुलाई बदलिने साहस मिलेको लाहुरे बताउँछन् । ‘ह्युमनलाई पोजेटिभ ट्रिट गरे पोजेटिभ र नेगेटिभ ट्रिट गरे नगेटिभ नै हुदो रहेछ । म लाई यहाँ जसरी पोजेटिभ ट्रिट गरियो त्यसले मलाई पनि एडिग्सनबाट बाहिर निस्किने उर्जा मिल्यो’ उनले भने,‘ म परेर मात्रै होइन् टरेर पनि आएको मान्छे हुँ ।’

क्याम्पस स्तरमा मन च ञ्चल हुदाँ आफुले मनलाई सम्हाल्न नसक्दा दुव्र्यसनिमा फसेको उनी सुनाउँछन् । ‘म ५६ दिन हिरासतमा बसें त्यतिबेला मलाई सकरात्मक कुरा सिकाइयो जसको कारण अब म परिवर्तन हुन चाहान्छु ।’ लाहुरे अब आफुमात्रै होइन् आफुजस्तै लागुऔषध दुव्यसनीमा फसेका कयौं युवाहरुलाई दुव्र्यसनीबाट मुक्त गराउन अघि बढ्नेछन् । प्रहरीकै सहायतामा अब उनी एन्टी ड्रग क्याम्पिनको ब्रान्ड एम्बेस्टर बन्दैछन् । यो उनको नयाँ जिवनको सुरुआत भएको प्रहरीको भनाइ छ । लाहुरेले मन र मस्तिस्कको द्धन्द्ध धेरै चर्केर नै नराम्रो पाटोमा हिड्ने गरेको बताउँन् । यतिमात्रै होइन् दुव्र्यसनीमा फसेका प्रत्येकले हरेक पटक लागुऔषध सेवन गर्दा छाड्छुनै भन्ने गरेको सुनाए । जिवनमा आउने हरेक उकाली ओरालीका कारण युवाहर यसतर्फ फस्ने गरेको उनको बुझाइ छ । लाहुरेका अनुसार आम युवालाई सकरात्मक काउन्सिल गर्नेको कमि हुदाँ समेत कुलतमा फस्ने गरेको बताउँछन् । ‘मेरो धेरै सपनाहरु थिए लागुऔषधकै कारण गुमाउन पुगें’ अतित सम्झदैँ भन्छन्,‘विदेश तिर जान समेत क्यान्सिल भयो केहि गर्न नै सकिएन् ।’ दुव्र्यसनीबाट मुक्त हुन् सबैभन्दा पहिला मानसिक रुपमा बलियो हुनुपर्ने उनी बताउँछन् ।

¥यापरहरु बढि एडिग हुनाको कारण मन खोलेर सत्य तथ्य बाहिर ल्याउनका लागि भएको उनी बताउँछन् । ‘¥याप भनेको अलि फरक हुन्छ । पप गितमा चाँहि अलि मनगणन्ते कुरापनि हुन्छन् तर, ¥यापमा त्यसतो हुदैँन जे हो त्यो भनिन्छ् त्यो भन्ने आटँ भनेकै खाएपछि आउँछ त्यहि भएर हो ।’ ¥यापर सहित, कलाकार, गितकार,लेखक र कवि समेत रहेका लाहुरे अब भने त्यो पाटो छाडेर नयाँ बाटो हिड्न लागेका छन् । सुरुवातमा आफुलाई निकै असहज हुने बताउँदै उनले आगामी दिनमा भने पक्कैपनि युवालाई कुलतबाट जोगाउन सकिने बताउँछन् । ‘शारीरिक रुपमा हामीलाई २ महिनाजति मात्रै गाह्रो हुन्छ । त्यसपनि मानसिक रुपमा भनेको जिवनभर आफुले नै नियन्त्रण गर्ने हो जसका लागि राम्रो काउन्सिल चाहिन्छ । अब कुलत विरुद्धको क्याम्पिङ गर्दा मेरो कामका कारण मलाई १–२ वर्ष पत्याउन गाह्रो होला त्यसपछि भने पक्कैपनि पत्याउने उनको विश्वास रहेको छ ।

लाहुरेले ५६ दिन हिरासतको भोगाइलाई ¥यापमा छिट्टै ल्याउँदैछन् । यस्तै उनले असार ६ गते पोखरा सभागृहमा आफ्नो जिवनको परिवर्तनको कथा र प्रस्तुती समेत राख्दैछन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले भने लाहुरेको परिवारको अपिलका कारण आफुहरुलाई परिवर्तन गराउने ठुलो आँट आएको सुनाए । ‘पुस १४ गते हामिले लागुओषध सेवन गरेको अभियोगमा पक्राउ गरेर ल्यायौ हिरासतमा हुदाँ आसिष रानाजीको परिवार धेरै पटक आउनुभयो । वहाँहरुको त्यो अपिल निकै हृदयविदारक थियो’ उनले आफ्नो भनाई जारी राख्छन्,‘त्यसपछि मैले आसिषलाई पटक भेटे काउन्सिलिङ गरे, अदालती प्रक्रियाबाट आउनुभयो त्यसपछि पनि फेरी काउन्सिलिङ गरे हाम्रो प्रयास भनेको आसिष मात्रै होइन् कुलतमा फसेका युवाहलाई त्यसबाट बाहिर निकाल्ने हो ।’

एसपी थापाका अनुसार युवाहरुको ठुलो संख्या दुव्र्यसनीको सिकारमा फसेको छ । उनीहरुलाई पक्राउ गरेर कानूनी कार्वाहि भन्दापनि उचित र प्रभावकारी काउन्सिल गरेर दुव्र्यसनबाट मुक्त गर्न तर्फ लैजाने योजना रहेको छ । उक्त कार्य आफुहरुको मात्रै प्रयासले नहुने र यसलाई निरन्तरता दिन समाजका हरेक नागरिकले सहयोग गर्नुपर्ने बताए ।

पोखरामा सप्ताहव्यापी एन्टी ड्रग क्याम्पिङ हुने

पोखरामा लागुऔषधमा फसेका युवाहरुलाई दुव्र्यसनीबाट मुक्त गराउने प्रयासका साथ एक हप्ते एन्टी ड्रग क्याम्पिङ हुने भएको छ । पछिल्लो समय क्याम्पस पढ्दै गरेका युवाहरु कुलतमा नराम्रो संग फसिद गएको र कुलतबाट जोगाउनका लागि पहिलो पटक पोखराबाट एन्टी ड्रग क्याम्पिङको सुरुवात गर्न लागेका शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख रमेश थापाले जानकारी दिए । उनले नेपालमा नै पहिलो पटक यसको सुरुवात गर्न लागेको र यसका लागि लागुऔषध सेवन आरोपमा नै पक्राउ गरेका चर्चित ¥यापर लाहुरेलाई नै ब्रान्ड एम्बेस्डर बनाएर अघि बढेको सुनाए । उनका अनुसार असार ६ गते पोखरा सभागृह हलमा विभिन्न स्थानबाट ¥याली सहित लाहुरेको जिवनका केहि कथा र प्रस्तुति रहनेछ । ७ गते अन्तरक्रिया, ८ गते ओषधी विक्रेताहरुसंग छलफल, ९ गते क्याम्पसमा विभिन्न कार्यक्रम, १० गते टक शो, ११ गते समुदायमा अन्तरक्रिया र १२ गते साइकल ¥याली गरी सचेतना फैलाउने जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->